ताजा अपडेट
सुदूरपश्चिम यात्रामा निस्कँदै शेखर
काठमाडौं । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइराला सुदुरपश्चिम प्रदेश यात्रामा निस्कने भएका छन्। १५ औँ महाधिवेशनमा सभापतिबाट नेतृत्व हत्याउने दाउमा रहेका शेखर देश दौडाहामा लागेका हुन्।
कोइरालाले पछिल्लो समय महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन्। मंसिर १८ कोशी प्रदेशका पालिका सभापति भेला राखेका कोइरला आजबाट यात्रामा निस्किन लागेका हुन्।
कोइरालाले सुदुरपश्चिमका अधिकांश जिल्लाका नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यसूची तय भएको छ। आज कैलालीमा जिल्लागत भेटघाट गर्नेछन्।
पुस ६ गते नेपाल प्रजातन्त्र सेनानी संघ सुदुरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको कोइराला सचिवालयले जनाएको छ।
सुदूरपश्चिम कांग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश पनि हो। देउवाले आगामी महाधिवेशन समयमै नगर्ने आशंका व्यक्त गर्दै दबाब बढाउँन पछिल्लो समय देश दौडाहमा लागिरहेका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
-
अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ?
प्रतिक्रिया