Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ पुष २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

रविविरुद्ध मुद्दा दर्ता गर्ने आज अन्तिम दिन, आजै दर्ता होला त?

रविविरुद्ध मुद्दा दर्ता गर्ने आज अन्तिम दिन, आजै दर्ता होला त?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। 

अहिले आफूहरू यसैको अन्तिम तयारी गरिरहेको जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख, जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्।   

आज त मुद्दा दर्ता गर्ने अन्तिम दिन हो क्यार, आजै दर्ता होला त?

उनले भनिन्, ‘हो, हामी म्यादभित्रै मुद्दा दर्ता गराउँछौँ।’

आज दर्ता हुन सकेन भनेचाहिँ के हुन्छ नि? 

उनले त्यही कुरा दोहोर्‍याइन्, ‘केही हुँदैन, हामी म्यादभित्रै दर्ता गराउँछौँ।’

रवि पक्राउ परेकै प्रकरण पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा उनका व्यावसायिक साझेदार छविलाल जोशी पक्राउ परेको शुक्रबार (आज) ९० दिन पूरा हुँदै छ। जोशी गत असोज ६ गते पक्राउ परेका थिए। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अभियुक्त पक्राउ परेको ९० दिनभित्र अदालतमा दर्ता गराइसक्नुपर्ने कानुनी व्यवस्था छ।  

पछिल्लोपटक अर्थात् आठौँपटक यही पुस २ गते जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। उक्त म्याद आजै राति १२ बजे सकिँदै छ। भोलि शनिबार हो। 

प्रतिक्रिया

ट्रेन्डिङ