Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै

एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज (शनिबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजेपछि सुरु हुनेछ। 

एनपीएलको सुरुवातमा दुवै टोलीले लगातार समान चार खेलमा विजयी भएपछि नै सुदूरपश्चिम र जनकपुरलाई उपाधि दाबेदारका रुपमा हेरिएको थियो। अन्ततः यी दुई टोली नै उपाधिका लागि भिड्ने भएका छन्। 

एनपीएलको लिग चरणदेखि क्वालिफायरसम्म ३१ खेल सम्पन्न भइसकेका छन्। ३२ औँ खेलमा आएर एनपीएलको उपाधि छिनोफानो हुँदैछ।

सुदूरपश्चिमले लिगचरणमा एक मात्रै पराजय व्यहोरेको थियो भने जनकपुर दुई खेलमा पराजित भएको थियो। सुदूरपश्चिम अहिलेसम्म एक खेलमा मात्रै पराजित छ। तर जनकपुर लिगचरणमा दुई र क्वालिफायरमा एक गरी तीन खेलमा पराजित भएको छ। 

दुवै टोली चितवनसँग पराजित भएका थिए। जनकपुरले बाँकी दुई खेल सुदूरपश्चिमसँगै हारेको छ। 

पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको सुदूरपश्चिमले दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गर्यो। लुम्बिनीलाई ४५ रनले पराजित गरेपनि चितवनसँग भने भौथो खेलमा ३३ रनले पराजित भएको थियो। 

सुदूरपश्चिमको अहिलेसम्मिको एकमात्रै हार यही हो। जनकपुरलाई ७२ रनले हराएपछि पोखरालाई ५ विकेटले पराजित गर्यो। अन्तिम खेलमा कर्णालीलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेको थियो। क्वालिफायरमा पनि जनकपुरमाथि समूह चरणकै नतिजा दोहो¥याउँदै फाइनलसम्मको सहज यात्रा तय गरेको छ। 

जनकपुरले पनि उद्घाटन खेलमा विराटनगरलाई नै ८ विकेटले पराजित गरेको थियो। त्यसपछि लगातार तीन खेलमा विजयी भयो। कर्णालीलाई पनि ८ विकेटले नै पराजित गरेको जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको थियो। 

लुम्बिनीसँग १ रनको रोमाञ्चक जित हात पारे पनि पाँचौँ खेलमा सुदूरपश्चिमले जनकपुरको अपराजित यात्रा तोडेको थियो। सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो। त्यसपछि काठमान्डुलाई ५ विकेटले पराजित गर्दै जनकपुरले सबैभन्दा पहिले प्लेअफमा स्थान सुरक्षित गरेको थियो। तर अन्तिम खेलमा चितवन राइनोजसँग ३२ रनले पराजित भयो। 

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै ८ विकेटले पराजित भएको जनकपुर दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। 

उपाधिका लागि भिड्नु अघिल्लो दिन दुबै टोलीका कप्तानले पहिलो संस्करणको उपाधि जितेर इतिहास रच्ने योजनामा रहेका बताए। सुदुरपश्चिम दिपेन्द्रसिंह ऐरिको कप्तानीमा मैदान उत्रदैछ। जनकपुरको कप्तानी आसिफ शेखले र सुदूरपश्चिमको कप्तानी दिपेन्द्रसिंह ऐरिले सम्हाल्नेछन्। तर जनकपुरका कप्तान आसिफका दाजु आरिफ सुदूरपश्चिमबाट खेल्नेछन्। 

यसअघि जनकपुरलाई दुई पटक पराजित गरिसकेका सुदूरपश्चिमका कप्तान दिपेन्द्रले अगाडीको खेलमा हराएको भनेर सजिलो रुपमा नलिएको बताएका छन्। 

जनकपुर पनि बलियो टोली भएकाले  लिग चरणकै जस्तो खेल्ने बताए। 

‘फाइनल खेलमा पनि लिग चरणको जस्तै रणनीति अपनाएर खेल्नेछौँ। फाइनलका लागि राम्रो तयारी गरिरहेका छौँ, जित, हार आफ्नो ठाउँमा छ, आफ्नो शतप्रतिशत दिएर खेल्छौँ’, दिपेन्द्रले भने। 

जनकपुरले कप्तानको जिम्मेवारी अनिल साहलाई दिएपनि फाइनलमा भने आसिफले नै सम्हाल्नेछन्। अनिल चोटका कारण आजको टोलीमा हुनेछैनन्। 

हातमा चोट बोकेपछि मार्की खेलाडी आसिफले जिम्मेवारी सम्हालिरहेका छन्। आसिफले नतिजाबारे धेरै नसोचेको र मैदानमा राम्रो खेल्ने बताए। ‘शनिबार राम्रो क्रिकेट खेल्छौँ। नतिजाका बारेमा धेरै सोचेका छैनौँ। हामीसँग जे जति छ, त्यो मैदानमा दिन्छौँ’, आसिफले भने। 

शनिबारका लागि सबै टिकट विक्री भईसकेको छ। त्यसैले टिकट नभएका दर्शकलाई घरमा नै बसेर क्रिकेट हेर्न दुवै टोलीका कप्तानले आग्रह गरेका छन्। 

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले पनि टिकट विक्रि भइसकेकाले टिकट नपाउनेलाई फाइनल खेल घरमै बसेर हेर्न आग्रह गरेका छन्। आगामी दिनमा स्टेडियमको क्षमता बढाउने पनि पारसले बताएका छन्।

एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। 

त्यसैगरी उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन्। 

प्रतिक्रिया