Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

बाढी प्रभावित क्षेत्रका लागि सहयोगमा जुट्दै, समाजसेवी बिनय रावल - १ लाख नगद सहित २ लाखको सामाग्री प्राप्त

बाढी प्रभावित क्षेत्रका लागि सहयोगमा जुट्दै, समाजसेवी बिनय रावल - १ लाख नगद सहित २ लाखको सामाग्री प्राप्त

अछाम । नेपाली कांग्रेस रामारोशन गाँउपालिकाले उक्त क्षेत्रमा आएको बाढी पहिरोबाट बेपत्ता परिवार र पिडित समुदायका लागि आर्थिक सहयोग संकलन अभियान गरिहेका बेला बिभिन्न क्षेत्रकाट सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।

कांग्रेसका नेता तथा समाजसेवी बिनय रावलको पहलबाट बाढी प्रभावित क्षेत्रका लागि १ लाख नगद सहित २ लाख बराबर सामाग्री प्राप्त भएको छ । अछामी भएका नाताले पनि सहयोग गर्नु धर्म भएको भन्दै रावलले आफुलाई समेत दुख लागेको भन्दै सहयोग गरिरहेको बताए । साथै उनले आगामी दिनमा समेत सहयोगका लागि पछि नहटने बताएका छन् ।

पूर्व गभर्नर एबम सम्बिधान सभा सदस्य डा. तिलक रावलका छोरा सामाजिक अभियान्ता रावलले द्धावारीका प्रतिष्ठान, एक बिश्व एक सिकाई केन्द्र तथा शान्ती सेवा गृहसंगको सहकार्यमा उक्त रमक र सामाग्री प्राप्त भएको कांग्रेस अछामका यूवा नेता एवम पूर्व नेबिसंघ जिल्ला सचिव दिनेश कुमार स्वाँरले बताए ।

२ लाखको समाग्रीमा ८५ थान टेन्ट पाल, ८५ थान सिलिपिङ ब्याग लगायतका रहेको स्वाँरले बताए । काठमाण्डौमा रही बाढि पिडितको सहयोगमा जुट्नु भएका बिपी यूवा मञ्च अछामका अध्यक्ष समेत रहेका नेता स्वाँरले रावलबाट उक्त सामाग्री बुझेर अछाम पठाएका छन् ।

सामाग्री अछाम आईसकेपछि बितरण गरिने नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरले बताए । साथै बाढी प्रभाबित क्षेत्रमा महलम लगाउन सबै क्षेत्रका सहयोग गर्नका लागि सभापति स्वाँरले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया