Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाढी प्रभावित क्षेत्रका लागि सहयोगमा जुट्दै, समाजसेवी बिनय रावल - १ लाख नगद सहित २ लाखको सामाग्री प्राप्त

बाढी प्रभावित क्षेत्रका लागि सहयोगमा जुट्दै, समाजसेवी बिनय रावल - १ लाख नगद सहित २ लाखको सामाग्री प्राप्त

अछाम । नेपाली कांग्रेस रामारोशन गाँउपालिकाले उक्त क्षेत्रमा आएको बाढी पहिरोबाट बेपत्ता परिवार र पिडित समुदायका लागि आर्थिक सहयोग संकलन अभियान गरिहेका बेला बिभिन्न क्षेत्रकाट सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।

कांग्रेसका नेता तथा समाजसेवी बिनय रावलको पहलबाट बाढी प्रभावित क्षेत्रका लागि १ लाख नगद सहित २ लाख बराबर सामाग्री प्राप्त भएको छ । अछामी भएका नाताले पनि सहयोग गर्नु धर्म भएको भन्दै रावलले आफुलाई समेत दुख लागेको भन्दै सहयोग गरिरहेको बताए । साथै उनले आगामी दिनमा समेत सहयोगका लागि पछि नहटने बताएका छन् ।

पूर्व गभर्नर एबम सम्बिधान सभा सदस्य डा. तिलक रावलका छोरा सामाजिक अभियान्ता रावलले द्धावारीका प्रतिष्ठान, एक बिश्व एक सिकाई केन्द्र तथा शान्ती सेवा गृहसंगको सहकार्यमा उक्त रमक र सामाग्री प्राप्त भएको कांग्रेस अछामका यूवा नेता एवम पूर्व नेबिसंघ जिल्ला सचिव दिनेश कुमार स्वाँरले बताए ।

२ लाखको समाग्रीमा ८५ थान टेन्ट पाल, ८५ थान सिलिपिङ ब्याग लगायतका रहेको स्वाँरले बताए । काठमाण्डौमा रही बाढि पिडितको सहयोगमा जुट्नु भएका बिपी यूवा मञ्च अछामका अध्यक्ष समेत रहेका नेता स्वाँरले रावलबाट उक्त सामाग्री बुझेर अछाम पठाएका छन् ।

सामाग्री अछाम आईसकेपछि बितरण गरिने नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरले बताए । साथै बाढी प्रभाबित क्षेत्रमा महलम लगाउन सबै क्षेत्रका सहयोग गर्नका लागि सभापति स्वाँरले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया