Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ पुष २०८१
प्रचलनमा:
ताजा अपडेट
जैबको अर्धशतकमा सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य जैबको अर्धशतकमा सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य पर्यटनमन्त्री बद्री पाण्डेलाई अभिनेता जोन अब्राहमको पत्रः महोत्सवमा हात्ती प्रयोग बन्द गर्नुहोस् पर्यटनमन्त्री बद्री पाण्डेलाई अभिनेता जोन अब्राहमको पत्रः महोत्सवमा हात्ती प्रयोग बन्द गर्नुहोस् देउवाको गृहप्रदेशमा शेखरको भ्रमण: १५औँ महाधिवेशनपछि न्याय हुन्छ, मलाई सहयोग गर्नुहोस् देउवाको गृहप्रदेशमा शेखरको भ्रमण: १५औँ महाधिवेशनपछि न्याय हुन्छ, मलाई सहयोग गर्नुहोस् महोत्तरीमा ७० वर्षीय घरधनीको हत्या गरी लाखौँको लुटपाट महोत्तरीमा ७० वर्षीय घरधनीको हत्या गरी लाखौँको लुटपाट आज विश्व ध्यान दिवस मनाइँदै आज विश्व ध्यान दिवस मनाइँदै एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै बाजुरामा भूकम्पले घर भत्किए बाजुरामा भूकम्पले घर भत्किए पुसको ठण्डीमा पञ्चदेवलका वृद्धवृद्धाको बिजोग पुसको ठण्डीमा पञ्चदेवलका वृद्धवृद्धाको बिजोग गाउँपालिका अध्यक्षले फुटाए जिल्ला प्रशासन कार्यालयको स्क्यानर गाउँपालिका अध्यक्षले फुटाए जिल्ला प्रशासन कार्यालयको स्क्यानर रविविरुद्ध मुद्दा दर्ता गर्ने आज अन्तिम दिन, आजै दर्ता होला त? रविविरुद्ध मुद्दा दर्ता गर्ने आज अन्तिम दिन, आजै दर्ता होला त?

महोत्तरीमा ७० वर्षीय घरधनीको हत्या गरी लाखौँको लुटपाट

महोत्तरीमा ७० वर्षीय घरधनीको हत्या गरी लाखौँको लुटपाट

महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेका छन्।

घरमा पत्नीसँग मात्रै बस्दै आएका घरधनी सुशीललाई सात/आठ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरी हत्या गरेको र घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र रु ८० हजार नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए। 

झाकी पत्नी सामान्य घाइते भएको जनाइएको छ।

अन्य के कति सरसामान लुटपाट गरेको बारेमा प्रहरी टोली घटनास्थलमा पुगेर खोजबिन गर्दै छ भने घरधनी सुशीलको शव पनि अहिले घटनास्थलमै रहेको जनाइएको छ। 

प्रतिक्रिया