Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

देउवाको गृहप्रदेशमा शेखरको भ्रमण: १५औँ महाधिवेशनपछि न्याय हुन्छ, मलाई सहयोग गर्नुहोस्

देउवाको गृहप्रदेशमा शेखरको भ्रमण: १५औँ महाधिवेशनपछि न्याय हुन्छ, मलाई सहयोग गर्नुहोस्

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमका पार्टी नेता-कार्यकर्तालाई  १५औँ महाधिवेशनपछि न्याय हुने आश्वासन दिएका छन्। 

सुदूरपश्चिमका नौवटै जिल्लाका नेता-कार्यकर्तासँग अन्तरक्रिया/छलफल गर्दै नेता कोइरालाले पार्टीमा सबैलाई समान र उचित अवसरका लागि लडिरहेको बताएका हुन्। 

भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता/कार्यकर्ताले आफूहरू पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटका आधारमा पक्षपात गरेको र आफूहरूलाई अवसरबाट वञ्चित गरेको गुनासो गरेका थिए।

सुदूरपश्चिमको ३ दिने भ्रमणका क्रममा कोइरालाले उनीहरूलाई आश्वस्त पार्दै भने, ‘म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका छु। विगतमा तपाईंंहरूमाथि अन्याय भएको छ। उचित अवसर पाउनु भएको छैन। तपाईंहरूको पीडा म बुझ्छु। अब १५औँ महाधिवेशनपछि न्याय हुन्छ। म कसैलाई पक्षपात गर्दिनँ। तर यसका लागि तपाईंहरूको सहयोग चाहिन्छ।’

जवाफमा सुदूरपश्चिमका कार्यकर्ताहरूले पनि १५औँ महाधिवेशनमा कोइरालालाई सहयोग गर्ने प्रतिबद्धता जनाए। 

कोइरालाले पार्टीको १५औँ महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए। 

उनले भने, समयमा भएन भने पार्टी कमजोर हुन्छ। अनि पार्टी कमजोर भए देशमा लोकतन्त्र संकटमा पर्छ। देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्छ।’

कोइरालाले थपे, ‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउँछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन। न्याय हुन्छ। त्यसको जिम्मा म लिन्छु।’ 

नेता कोइरालाले कांग्रेस र एमाले मिलेर बनाएको वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन्न नसकेको आरोप पनि लगाए। 

उनले भने, यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ। तर सरकारको कार्यशैली सन्तोषजनक छैन।

उनले आफू कांग्रेसबाटै बनेका बनेकाहरूको कार्यशैलीबाट सन्तुष्ट नरहेको समेत बताए।

सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले नौवटै जिल्लाका नेता तथा कार्यकर्तासँग छुट्टाछुट्टै अन्तरक्रिया गरेका थिए।

कञ्चनपुरबाट सुरु भएको भेटघाट दार्चुला पुगेर सकिएको थियो। 

प्रतिक्रिया