Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

देउवाको गृहप्रदेशमा शेखरको भ्रमण: १५औँ महाधिवेशनपछि न्याय हुन्छ, मलाई सहयोग गर्नुहोस्

देउवाको गृहप्रदेशमा शेखरको भ्रमण: १५औँ महाधिवेशनपछि न्याय हुन्छ, मलाई सहयोग गर्नुहोस्

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमका पार्टी नेता-कार्यकर्तालाई  १५औँ महाधिवेशनपछि न्याय हुने आश्वासन दिएका छन्। 

सुदूरपश्चिमका नौवटै जिल्लाका नेता-कार्यकर्तासँग अन्तरक्रिया/छलफल गर्दै नेता कोइरालाले पार्टीमा सबैलाई समान र उचित अवसरका लागि लडिरहेको बताएका हुन्। 

भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता/कार्यकर्ताले आफूहरू पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटका आधारमा पक्षपात गरेको र आफूहरूलाई अवसरबाट वञ्चित गरेको गुनासो गरेका थिए।

सुदूरपश्चिमको ३ दिने भ्रमणका क्रममा कोइरालाले उनीहरूलाई आश्वस्त पार्दै भने, ‘म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका छु। विगतमा तपाईंंहरूमाथि अन्याय भएको छ। उचित अवसर पाउनु भएको छैन। तपाईंहरूको पीडा म बुझ्छु। अब १५औँ महाधिवेशनपछि न्याय हुन्छ। म कसैलाई पक्षपात गर्दिनँ। तर यसका लागि तपाईंहरूको सहयोग चाहिन्छ।’

जवाफमा सुदूरपश्चिमका कार्यकर्ताहरूले पनि १५औँ महाधिवेशनमा कोइरालालाई सहयोग गर्ने प्रतिबद्धता जनाए। 

कोइरालाले पार्टीको १५औँ महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए। 

उनले भने, समयमा भएन भने पार्टी कमजोर हुन्छ। अनि पार्टी कमजोर भए देशमा लोकतन्त्र संकटमा पर्छ। देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्छ।’

कोइरालाले थपे, ‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउँछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन। न्याय हुन्छ। त्यसको जिम्मा म लिन्छु।’ 

नेता कोइरालाले कांग्रेस र एमाले मिलेर बनाएको वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन्न नसकेको आरोप पनि लगाए। 

उनले भने, यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ। तर सरकारको कार्यशैली सन्तोषजनक छैन।

उनले आफू कांग्रेसबाटै बनेका बनेकाहरूको कार्यशैलीबाट सन्तुष्ट नरहेको समेत बताए।

सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले नौवटै जिल्लाका नेता तथा कार्यकर्तासँग छुट्टाछुट्टै अन्तरक्रिया गरेका थिए।

कञ्चनपुरबाट सुरु भएको भेटघाट दार्चुला पुगेर सकिएको थियो। 

प्रतिक्रिया