Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, राज्यमन्त्रीसहित तीन घाइते

राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, राज्यमन्त्रीसहित तीन घाइते

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवार गाडी भारतमा दुर्घटना भएको छ ।

राज्यमन्त्रीसहित तीन जना सवार प्रदेश ३-०१-०२४ च नम्बरको कार भारतीय नम्बरको कारसँग ठोक्किएको थियो। भारतको पलिया बजार नजिक दुर्घटना हुँदा राज्यमन्त्री बम, श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएको कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

राज्यमन्त्री बमको मुख र नाकमा चोट छ, श्रीमती कल्पना बमको छातीमा र सहयोगी पदम देउवाको टाउकोमा चोट रहेको छ ।

उनीहरूको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

भारतको खिरी जिल्लास्थित पलिया बजारमा उपचारपछि फर्किदा दुर्घटना भएको राज्यमन्त्री बमका भतिजा धनबहादुर बमले जानकारी दिए ।

उनका अनुसार राज्यमन्त्रीसहित तीनै जनाको अवस्था सामान्य छ ।

प्रतिक्रिया

ट्रेन्डिङ