ताजा अपडेट
राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, राज्यमन्त्रीसहित तीन घाइते
कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवार गाडी भारतमा दुर्घटना भएको छ ।
राज्यमन्त्रीसहित तीन जना सवार प्रदेश ३-०१-०२४ च नम्बरको कार भारतीय नम्बरको कारसँग ठोक्किएको थियो। भारतको पलिया बजार नजिक दुर्घटना हुँदा राज्यमन्त्री बम, श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएको कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
राज्यमन्त्री बमको मुख र नाकमा चोट छ, श्रीमती कल्पना बमको छातीमा र सहयोगी पदम देउवाको टाउकोमा चोट रहेको छ ।
उनीहरूको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
भारतको खिरी जिल्लास्थित पलिया बजारमा उपचारपछि फर्किदा दुर्घटना भएको राज्यमन्त्री बमका भतिजा धनबहादुर बमले जानकारी दिए ।
उनका अनुसार राज्यमन्त्रीसहित तीनै जनाको अवस्था सामान्य छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया