Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २९ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रयोगविहीन बेलिब्रिज सार्न दुई वर्षदेखि ‘डेलिगेसन’

प्रयोगविहीन बेलिब्रिज सार्न दुई वर्षदेखि ‘डेलिगेसन’

धनगढी — बाजुराको साँफे–मार्तडी सडकखण्डको जडांगास्थित बुढीगंगा नदीमा दुई वर्षअघि पक्की पुल निर्माण भएपछि त्यहाँ रहेको बेलिब्रिज प्रयोगविहीन छ । बेलिब्रिजलाई बाजुराकै कोल्टीस्थित दानसाँघु नदीमा सार्न स्थानीय जनप्रतिनिधिले प्रदेश र संघीय सरकारका निकायमा दौडधुप गर्न थालेको दुई वर्ष बिते पनि सुनुवाइ भएको छैन ।

कोल्टीस्थित दानसाँघुमा बेलिब्रिज सारिए बुढीनन्दा, स्वामीकार्तिक, हिमाली र जगन्नाथसहित बाजुराका ४ र कालीकोट, हुम्ला र मुगुका १३ पालिका गरी १७ पालिकाका स्थानीयलाई सडक सुविधा हुने थियो । बाजुराको कुन्डा क्षेत्र र त्यससँग जोडिएका कर्णाली क्षेत्रका बासिन्दाले यातायात असुविधाका कारण अकालमा ज्यान गुमाउनु नपर्ने जनप्रतिनिधिको भनाइ छ । पुल भइदिए बर्खामा व्यापारीले खच्चडमा ढुवानी गर्दा महँगो पर्ने दैनिक उपभोग्य सामान केही सस्तो हुने उनीहरूको भनाइ छ ।

‘प्रदेशदेखि संघका सरोकारवाला नेता, मन्त्री, सचिव, महाशाखा प्रमुखहरू कुनै व्यक्ति नछुटाइकन डेलिगेसन गर्न थालेको दुई वर्ष हुन थाल्यो,’ बुढीनन्दा नगर प्रमुख जनककुमार बोहराले भने, ‘काठमाडौंमा उच्चपदस्थ अधिकारी र सत्तामा भएका नेता कसैलाई पनि हामी दुर्गमका बासिन्दाका दुःखप्रति वास्तै छैन ।’ बेलिब्रिज सार्ने पहलका लागि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र बुढीनन्दा नगरपालिकामा दुई वर्षयता पटकपटक सर्वपक्षीय बैठकबाट निर्णयसमेत गरेको उनले बताए ।

गत माघमा कोल्टीमा बुढीनन्दाको संयोजनमा बाजुराबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य एवं वर्तमान पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रशासन, जिल्ला समन्वय समितिका प्रमुख, नौवटै पालिका प्रमुख, सबै राजनीतिक दलका प्रतिनिधिको बैठक बसेको थियो । बैठकले जडांगाको बेलिब्रिज दानसाँघुमा सार्न साझा पहल गर्ने निर्णय गरेको थियो । सोही महिना जिल्ला प्रशासनमा बसेको सर्वपक्षीय बैठकले पनि बेलिब्रिज सार्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

संघ सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागमा पटकपटक डेलिगेसन गरेको बुढीनन्दा नगर प्रमुख बोहरा बताउँछन् । ‘भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका तत्कालीन रघुवीर महासेठ, प्रकाश ज्वाला र वर्तमान मन्त्री देवेन्द्र दाहाललाई भेटेर पटकपटक अनुरोध पत्र बुझायौं । मन्त्रालयका तत्कालीनदेखि वर्तमान सचिव, सडक विभागका महानिर्देशक, पुल महाशाखाका प्रमुख सबैलाई हारगुहार गर्दै आएका छौं,’ बोहराले भने, ‘तर, कसैले पनि सुनुवाइ गरिदिएका छैनन् ।’

जिसस बाजुराका प्रमुख तुलसीराम रोकायाले देशमा संघीयता आए पनि बाजुराको विकासमा संघीयताको कुनै अनुभूति नभएको बताए । बाजुराबाटै प्रतिनिधित्व गर्ने प्रदेश सांसद एवं पूर्वआर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले संघीय सडकअन्तर्गतको बेलिब्रिज भएकाले प्रदेशलाई हस्तान्तरण नभएसम्म चलाउन नपाइने भन्दै अल्झाइएको जानकारी दिए । ‘०८० जेठमा प्रदेश सरकारले बजेटको प्रबन्ध गरेर दानसाँघुमा बेलिब्रिज सार्ने प्रयत्न गरेको थियो । संघले काम नगरिदिएकाले समस्या भएको हो,’ उनले भने ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालसमक्ष आफूसहित स्थानीय तहका जनप्रतिनिधिले संयुक्त रूपमा तीन पटक भेटेर ताकेता गरिसक्दा पनि टुंगो नलागेको एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले बताए । बेलिब्रिजको व्यवस्थापन गर्ने निकाय साँफे–मार्तडी सडक डिभिजन कार्यालयका प्रमुख नेत्र देवकोटाले यसअघि नै सार्नुपर्ने उक्त बेलिब्रिज अलपत्र परेको स्विकारे । ‘जिल्लाबाट बारम्बार ताकेता छ । माथिबाट रकम नआएसम्म हामी केही गर्न सक्दैनौं,’ देवकोटाले भने, ‘दुई पटक लागत अनुमान गरेर विभागमा पेस गरिसकेको हो । अहिलेसम्म कुनै टुंगो छैन ।’ बेलिब्रिज कोल्टीको दानसाँघु लगेर जडान गर्न करिब तीन करोड खर्च लाग्ने उनले जानकारी दिए ।

पर्यटनमन्त्री पाण्डेले आफूले बारम्बार भौतिक पूर्वाधारमन्त्रीसँग कुरा गरे पनि काम नभएको बताए । ‘हामी प्रक्रियामा कति धेरै अल्झिँदा रहेछौं, प्रक्रियाका कारणले परिणाम निकाल्न कति जटिलता हुँदो रहेछ भन्ने एउटा उदाहरण यही बेलिब्रिज पनि हो,’ गत साता गृहजिल्ला आएका मन्त्री पाण्डेले भने, ‘फेरि पनि भौतिकमन्त्री, अर्थमन्त्री कहाँ भन्नुपर्ने हो म लाग्छु ।’

प्रतिक्रिया