Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

विराटनगर । खोलामा टिकटक बनाउन खोज्दा तेह्रथुममा दुई जनाको मृत्यु भएको छ ।

शनिबार तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भटराईको मृत्यु भएको हो ।

शनिबार विद्यार्थीसहितको टोली खोरुङ्गा खोलामा नुहाउन गएको थियो । नुहाउने क्रममा मृतक दुईसहित अर्की एक विद्यार्थी टिकटक भिडियो बनाउने भन्दै हिंडेका थिए । भिडियो बनाउने क्रममा दुई जना खोचमा खसे । दुई जना खोचमा खसेको खबर सँगै गएका विद्यार्थीले ल्याएका थिए ।

खोंचमा खसेका कारण दुवै जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डीएसपी चिनिमाया तामाङले बताइन् । उनका अनुसार फोटो भिडियो खिच्ने क्रममा लडेको देखिन्छ ।

‘खोलामा नुहाउने क्रममा दुई जना विद्यार्थी र शिक्षिका अलिक पर जानु भएको रहेछ, दुई जना लडेको खबरसँगै जानेले विद्यार्थीले ल्याउनु भएको थियो’, उनले भनिन, ‘सँगै जाने विद्यार्थी विछिप्त भएका कारण सबै कुरा खुलिसकेको छैन ।’

प्रतिक्रिया

ट्रेन्डिङ