ताजा अपडेट
दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एक जना कर्मचारी
डडेल्धुरा — अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारीको चरम अभाव छ । जसका कारण कार्यालयको सेवा समेत प्रभावित हुँदै आएको छ ।
डडेल्धुरा र बझाङ कार्यक्षेत्र रहने गरी २०७५ सालमा स्थापना भएको यस कार्यालयमा एक कर्मचारी र एक कार्यालय सहयोगी मात्र छन् ।
दुई प्राविधिक सहायक र एक खाद्य अनुसन्धान अधिकृत गरी तीन कर्मचारी दरबन्दी भएपनि खाद्य अनुसन्धान अधिकृत अध्ययन बिदामा र एक प्राविधिक सहायक काजमा दाङ गएपछि हाल एक प्राविधिक सहायक अभिलाषा अर्यालले सबै जिम्मेवारी बहन गर्दै आएकी छन् ।
दरबन्दीमा कर्मचारी पूर्णता देखिए पनि कार्यालयमा एक जनाले मात्रै काम गर्दै आएको प्राविधिक सहायक अर्यालले बताइन् ।
“दुई जिल्लाका होटल र उद्योग निरीक्षण एवं अनुगमन तथा खाद्य नमूना सङ्कलन गर्ने जिम्मेवारी कार्यालयलाई भए पनि कर्मचारी अभावमा समस्या छ”, उनले भनिन्, “डडेल्धुराको सातै पालिकामा अनुमगन गरिए पनि अरु काम गर्न सकिएको छैन ।”
अनुगमनमा फिल्डमा जाँदा कार्यालय बन्द गर्नुपर्ने बाध्यता छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया