ताजा अपडेट
सरकारले जनअपेक्षाअनुरुप काम गर्न सकेन, संविधान संशोधनबारे पटक्कै छलफल गरेनः कोइराला
धनगढी- नेपाली काँग्रेसका नेता डा. शेखर काेइरालाले वर्तमान सरकार असफल भए देशमा अराजकता निम्तिने बताएका छन् ।
उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएकाे बताए । आइतबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा नेता काेइरालाले भने- ‘याे सरकारलाई असफल हुने छुट छैन, कुनै पनि हालतमा अघि बढनुपर्छ । जुन म्याण्डेड अनुसार सरकार बनेकाे हाे त्यही अनुसार अघि बढनु पर्छ ।’
नेता काेइरालाले सरकारले तत्काल संविधान सुधारका लागि सबै दलसँग समन्वय र समझदारी गरेर अघि बढनु पर्ने बताए । काेइरालाले भने – ‘तर अहिलेसम्म सरकारले संविधान सुधारका बारेमा पटक्कै छलफल गरेकाे छैन, अब सबैले दवाव दिनुपर्छ ।’
वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेकाे प्रधानमन्त्री स्वयंले नै स्विकारेकाे बताउँदै नेता काेइरालाले भने – ‘याे सरकार बनेकाे ५ महिना भयाे, अब सुधार गर्दै अघि बढनुपर्छ ।’
उनले नेपाली काँग्रेस महाधिवेशनका लागि जुर्मुराएकाे बताए । पार्टी सभापति शेर बहादुर देउवासँग आफ्नाे कुनै दुरी नभएकाे उनको दाबी छ। उनले सभापति सुदूरपश्चिमकाे मात्र नभइ देशकै आदरणीय ब्यक्ति रहेकाे बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया