Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सरकारले जनअपेक्षाअनुरुप काम गर्न सकेन, संविधान संशोधनबारे पटक्कै छलफल गरेनः कोइराला

सरकारले जनअपेक्षाअनुरुप काम गर्न सकेन, संविधान संशोधनबारे पटक्कै छलफल गरेनः कोइराला

धनगढी- नेपाली काँग्रेसका नेता डा. शेखर काेइरालाले वर्तमान सरकार असफल भए देशमा अराजकता निम्तिने बताएका छन् ।

उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएकाे बताए । आइतबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा नेता काेइरालाले भने- ‘याे सरकारलाई असफल हुने छुट छैन, कुनै पनि हालतमा अघि बढनुपर्छ । जुन म्याण्डेड अनुसार सरकार बनेकाे हाे त्यही अनुसार अघि बढनु पर्छ ।’

नेता काेइरालाले सरकारले तत्काल संविधान सुधारका लागि सबै दलसँग समन्वय र समझदारी गरेर अघि बढनु पर्ने बताए । काेइरालाले भने – ‘तर अहिलेसम्म सरकारले संविधान सुधारका बारेमा पटक्कै छलफल गरेकाे छैन, अब सबैले दवाव दिनुपर्छ ।’

वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेकाे प्रधानमन्त्री स्वयंले नै स्विकारेकाे बताउँदै नेता काेइरालाले भने – ‘याे सरकार बनेकाे ५ महिना भयाे, अब सुधार गर्दै अघि बढनुपर्छ ।’

उनले नेपाली काँग्रेस महाधिवेशनका लागि जुर्मुराएकाे बताए । पार्टी सभापति शेर बहादुर देउवासँग आफ्नाे कुनै दुरी नभएकाे उनको दाबी छ। उनले सभापति सुदूरपश्चिमकाे मात्र नभइ देशकै आदरणीय ब्यक्ति रहेकाे बताए ।

 

 

प्रतिक्रिया