ताजा अपडेट
मुद्दा दर्ता गर्न रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
                                        
                                        कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अहिले जिल्ला अदालत (कास्की) पुर्याइएको छ।
उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता गर्न जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई अदालत उपस्थित गराएको हो।
अहिले कास्की जिल्ला अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
आज जिल्ला सरकारी वकिलको कार्यालयले रविसहित ३२ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता गराउन लागेको हो।
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया