Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

सुदूरपश्चिममा कांग्रेस–एमालेबिच भागबन्डाको लफडाले संसदीय समिति सभापतिविहीन

सुदूरपश्चिममा कांग्रेस–एमालेबिच भागबन्डाको लफडाले संसदीय समिति सभापतिविहीन

धनगढी । सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका संसदीय समितिहरू अझै सभापतिविहीन छन् । मिनी पार्लियामेन्ट मानिने संसदीय समितिमा सत्ता साझेदार दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबिच भागबन्डाको लफडाले सभापति चयनमा ढिलाइ भएको हो ।

सुदूरपश्चिम प्रदेश सभा अन्तर्गत सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र विधायन तथा प्रदेश मामिला समिति छन् । तर ती समितिको सभापतिमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले हानथाप गर्दै आएका छन् ।

सभापति चयन हुन नसक्दा हाल ती समितिहरू ज्येष्ठ सदस्यको अध्यक्षतामा चल्दैआएका छन् । चार वटै समितिमा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका छन् । विधायन तथा प्रदेश मामिला समितिमा ज्येष्ठ सदस्यका हैसियतले देवानसिंह बिष्ट, सार्वजनिक लेखा समिति सभापतिमा विक्रम धामी, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा मानबहादुर रावल र सामाजिक विकास समितिमा शिवराज भट्टले बैठकको अध्यक्षता गर्दै आएका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको अघिल्लो कार्यकालमा संसदीय समितिका सभापति चयन भएका थिए । पछि दीर्घ सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएपछि सत्ता समीकरणमा फेरबदल भयो । त्यस यता समितिका सभापति चयन हुन नसकेको हो ।

प्रदेशसभा नियमावली अनुसार सुदूरपश्चिममा ४ वटा समिति रहने व्यवस्था छ । तर नेकपा एमाले र कांग्रेसले सभापतिमा २/२ वटा दाबी गर्न थालेपछि सहमति जुट्न नसकेको हो । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले भने १ वटा समितिको सभापति पाउनुपर्ने माग गरेको छ । तर कांग्रेस र एमालेले २/२ वटामा दाबी गरेपछि सभापति चयन गर्न नसकिएको नाउपाका संसदीय दलका नेता घनश्याम चौधरी बताउँछन् ।

नेकपा एमालेका प्रमुख सचेतक चक्र मल्लले उपनिर्वाचनलगायत विभिन्न राजनीतिक घटनाक्रमका कारण संसदीय समितिको सभापति चयन गर्न सकिएको बताए ।

कांग्रेस सचेतक गीता चौधरीले समितिका सभापति चयनमा धेरै विलम्ब भएको स्वीकार गर्दै पुस पहिलो साता चयन गर्ने गरी छलफल छलफल भएको बताइन् ।

कांग्रेस निकट स्रोतका अनुसार कांग्रेसले विधायन तथा प्रदेश मामिला समिति सभापतिमा दाबी गरेको छ ।

भागबन्डामा किचलो भएपछि प्रदेश सभा नियमावली नै संशोधन गरेर एउटा समिति थप गर्ने तयारी भइरहेको स्रोत बताउँछ ।

संसदीय अभ्यास अनुसार सरकारलाई चेक एण्ड ब्यालेन्स गर्नलाई प्रमुख प्रतिपक्ष दललाई सार्वजनिक लेखा समिति सभापतिको जिम्मेवारी दिनुपर्ने परम्परा छ । जुन अनुसार सार्वजनिक लेखा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पाउनेछ ।

उसो त समितिको सभापति चयनको निर्वाचनको लागि एकताका निर्वाचन कार्यतालिका नै जारी गरिएको थियो । तर दलभित्रको किचलोका कारण निर्वाचन तालिका नै रद्द गरियो । सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा गत असोज ७ गते तालिका सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया