Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अल्लु अर्जुनको घरमा हमला भएपछि डीजीपीको प्रतिक्रियाः जनताको सुरक्षाभन्दा फिल्म प्रचार ठूलो होइन

अल्लु अर्जुनको घरमा हमला भएपछि डीजीपीको प्रतिक्रियाः जनताको सुरक्षाभन्दा फिल्म प्रचार ठूलो होइन

अभिनेता अल्लु अर्जुनको घरमा हमला भएको खबर आएलगत्तै तेलंगानाका प्रहरी महानिर्देशक (डीजीपी) जितेन्द्र सोनीले पुष्प-२ को स्क्रिनिङका क्रममा भागदौड भएको घटनाबारे बयान दिएका छन्।

तेलंगाना डीजीपी जितेन्द्रले सबैजना राज्यको जिम्मेवार नागरिक बन्नुपर्ने र जनताको सुरक्षाका लागि सबैले नियम पालना गर्नुपर्ने प्रतिक्रिया दिएका हुन्। 

उनले भने, ‘उनी (अल्लु अर्जुन) एक फिल्म अभिनेता हुन्, तर उनले समाजको समस्यालाई तल्लो तहमा बुझ्नुपर्छ। फिल्मको प्रचार जनताको सुरक्षाभन्दा ठूलो कुरा होइन।’

अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा-२: द रुल’ को प्रिमियर सोका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो।

सोही घटनामा न्या मागिरहेको एक समूहले आइतबार अभिनेता अल्लु अर्जुनको घरमा आक्रमण गरी सामान तोडफोड गरेका हुन्। 

हालै एक थिएटरमा पुष्पा २ फिल्म प्रिमियरका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो। उक्त प्रकरणमा अल्लु अर्जुनविरुद्ध पनि जाहेरी दर्ता भएको छ। केही दिनअघि भारतको हैदराबाद प्रहरीले उनलाई पक्राउ पनि गरेको थियो। 

तर तेल‌ंगना उच्च अदालतको आदेशमा उनी एक साताका लागि धेरौटीमा रिहा भएका छन्। 

उक्त प्रकरणबारे सामाजिक सञ्जालदेखि तेलंगाना विधानसभासम्म चर्चा भइरहेको छ।

यही डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा ‘पुष्पा २’को प्रिमियरमा मच्चिएको भागदौडमा च्यापिएर ३५ वर्षीया रेवती नामकी महिलाको मृत्यु भएको थियो भने उनका ९ वर्षीय छोरा श्रीतेज गम्भीर घाइते भएका थिए। 

भारतीय सञ्चारमाध्यमका अनुसार श्रीतेजको अवस्था अझै नाजुक छ र भेन्टिलेटर सपोर्टमा राखिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ