Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अल्लु अर्जुनको घरमा हमला भएपछि डीजीपीको प्रतिक्रियाः जनताको सुरक्षाभन्दा फिल्म प्रचार ठूलो होइन

अल्लु अर्जुनको घरमा हमला भएपछि डीजीपीको प्रतिक्रियाः जनताको सुरक्षाभन्दा फिल्म प्रचार ठूलो होइन

अभिनेता अल्लु अर्जुनको घरमा हमला भएको खबर आएलगत्तै तेलंगानाका प्रहरी महानिर्देशक (डीजीपी) जितेन्द्र सोनीले पुष्प-२ को स्क्रिनिङका क्रममा भागदौड भएको घटनाबारे बयान दिएका छन्।

तेलंगाना डीजीपी जितेन्द्रले सबैजना राज्यको जिम्मेवार नागरिक बन्नुपर्ने र जनताको सुरक्षाका लागि सबैले नियम पालना गर्नुपर्ने प्रतिक्रिया दिएका हुन्। 

उनले भने, ‘उनी (अल्लु अर्जुन) एक फिल्म अभिनेता हुन्, तर उनले समाजको समस्यालाई तल्लो तहमा बुझ्नुपर्छ। फिल्मको प्रचार जनताको सुरक्षाभन्दा ठूलो कुरा होइन।’

अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा-२: द रुल’ को प्रिमियर सोका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो।

सोही घटनामा न्या मागिरहेको एक समूहले आइतबार अभिनेता अल्लु अर्जुनको घरमा आक्रमण गरी सामान तोडफोड गरेका हुन्। 

हालै एक थिएटरमा पुष्पा २ फिल्म प्रिमियरका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो। उक्त प्रकरणमा अल्लु अर्जुनविरुद्ध पनि जाहेरी दर्ता भएको छ। केही दिनअघि भारतको हैदराबाद प्रहरीले उनलाई पक्राउ पनि गरेको थियो। 

तर तेल‌ंगना उच्च अदालतको आदेशमा उनी एक साताका लागि धेरौटीमा रिहा भएका छन्। 

उक्त प्रकरणबारे सामाजिक सञ्जालदेखि तेलंगाना विधानसभासम्म चर्चा भइरहेको छ।

यही डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा ‘पुष्पा २’को प्रिमियरमा मच्चिएको भागदौडमा च्यापिएर ३५ वर्षीया रेवती नामकी महिलाको मृत्यु भएको थियो भने उनका ९ वर्षीय छोरा श्रीतेज गम्भीर घाइते भएका थिए। 

भारतीय सञ्चारमाध्यमका अनुसार श्रीतेजको अवस्था अझै नाजुक छ र भेन्टिलेटर सपोर्टमा राखिएको छ।

प्रतिक्रिया