Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

अभिनेता अल्लु अर्जुन प्रहरी चौकीमा उपस्थित

अभिनेता अल्लु अर्जुन प्रहरी चौकीमा उपस्थित

फिल्म अभिनेता अल्लु अर्जुन मंगलबार (आज) हैदराबादको चिक्कडपल्ली प्रहरी चौकी पुगेका छन्।

सन्ध्या थिएटर घटना सम्बन्धमा हैदराबाद प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको हो।

२० दिनअघि हैदराबादस्थित सन्ध्या थिएटरमा अल्लु अर्जुनको फिल्म ‘पुष्पा-२: द रुल’ प्रिमियरका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो।

जुन घटनामा अल्लु अर्जुनविरुद्ध पनि प्रहरीमा जाहेरी दर्ता भएको छ। केही दिनअघि उनी पक्राउ परे पनि तेलंगना उच्च अदालतले उनलाई एक हप्ताका लागि जमानतमा रिहा गरेको थियो।

अहिले अल्लु अर्जुनको घर बाहिर सुरक्षा बढाइएको छ। आइतबार उनको घरमा एक समूहले तोडफोड गरेको थियो।

अल्लु अर्जुनको घरमा तोडफोड गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो। तर सोमबार उनीहरूलाई स्थानीय अदालतले धरौटीमा रिहा गरेको छ।

यस्तो थियो घटना

भारतीय सञ्चारमाध्यमका अनुसार यही डिसेम्बर ४ मा हैदरावादको एक थिएटरमा उनको फिल्म ‘पुष्पा २’ को प्रिमियरका क्रममा भागदौड मच्चिएको थियो।

त्यस क्रममा थिचिएर रेवती नामकी ३५ वर्षीया महिलाको मृत्यु भएको थियो भने उनका छोरा १३ वर्षीय श्रीतेज गम्भीर घाइते भएका छन्। उनको उपचार जारी छ।

आफू आउने जानकारी नदिई आउँदा भागदौड मच्चिएको र त्यस्तो घटना भएको आरोप अभिनेता अल्लु अर्जुनलाई लागेको हो।

घटनापछि प्रहरीले उनीसहित उनको व्यवस्थापन टोलीविरुद्ध नै जाहेरी दर्ता गरेको थियो।

मृतकको परिवारको उजुरीका आधारमा प्रहरीले अभिनेता अल्लु, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनविरुद्ध चिक्कडपल्ली पुलिस स्टेसनमा भारतीय न्याय संहिता (बीएनएस) को धारा १०५ र ११८ (१) अन्तर्गत जाहेरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रतिक्रिया