Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अभिनेता अल्लु अर्जुन प्रहरी चौकीमा उपस्थित

अभिनेता अल्लु अर्जुन प्रहरी चौकीमा उपस्थित

फिल्म अभिनेता अल्लु अर्जुन मंगलबार (आज) हैदराबादको चिक्कडपल्ली प्रहरी चौकी पुगेका छन्।

सन्ध्या थिएटर घटना सम्बन्धमा हैदराबाद प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको हो।

२० दिनअघि हैदराबादस्थित सन्ध्या थिएटरमा अल्लु अर्जुनको फिल्म ‘पुष्पा-२: द रुल’ प्रिमियरका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो।

जुन घटनामा अल्लु अर्जुनविरुद्ध पनि प्रहरीमा जाहेरी दर्ता भएको छ। केही दिनअघि उनी पक्राउ परे पनि तेलंगना उच्च अदालतले उनलाई एक हप्ताका लागि जमानतमा रिहा गरेको थियो।

अहिले अल्लु अर्जुनको घर बाहिर सुरक्षा बढाइएको छ। आइतबार उनको घरमा एक समूहले तोडफोड गरेको थियो।

अल्लु अर्जुनको घरमा तोडफोड गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो। तर सोमबार उनीहरूलाई स्थानीय अदालतले धरौटीमा रिहा गरेको छ।

यस्तो थियो घटना

भारतीय सञ्चारमाध्यमका अनुसार यही डिसेम्बर ४ मा हैदरावादको एक थिएटरमा उनको फिल्म ‘पुष्पा २’ को प्रिमियरका क्रममा भागदौड मच्चिएको थियो।

त्यस क्रममा थिचिएर रेवती नामकी ३५ वर्षीया महिलाको मृत्यु भएको थियो भने उनका छोरा १३ वर्षीय श्रीतेज गम्भीर घाइते भएका छन्। उनको उपचार जारी छ।

आफू आउने जानकारी नदिई आउँदा भागदौड मच्चिएको र त्यस्तो घटना भएको आरोप अभिनेता अल्लु अर्जुनलाई लागेको हो।

घटनापछि प्रहरीले उनीसहित उनको व्यवस्थापन टोलीविरुद्ध नै जाहेरी दर्ता गरेको थियो।

मृतकको परिवारको उजुरीका आधारमा प्रहरीले अभिनेता अल्लु, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनविरुद्ध चिक्कडपल्ली पुलिस स्टेसनमा भारतीय न्याय संहिता (बीएनएस) को धारा १०५ र ११८ (१) अन्तर्गत जाहेरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रतिक्रिया