Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

धनगढी — कैलालीको भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । उनलाई गाउँकै नातेदारलगायतले पुस १ र ४ मा कुटपिट गरेका हुन् । घाइते हसिनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

गाउँका ‘गुरुवा’ (थारू समुदायको देउता) मनोज चौधरीले बोक्सीको आरोप लगाएपछि भलमान्सा लालबहादुर चौधरीको निर्देशनमा आफूमाथि कुटपिट भएको हसिनाले बताइन् ।

उनका अनुसार २५ वर्षीय मनोजलाई गुरुवा आएको भन्दै पुस १ गते दिउँसो सबै परिवारबाट एक–एक हजार उठाइएको थियो । उनले पनि माइतीबाट एक हजार मागेर बुझाएकी थिइन् । राति ८ बजेतिर घरमै बच्चा स्याहार्दै बसेका बेला रामलाल चौधरी, करन चौधरी र जयराम चौधरी आए ।

‘तँ बोक्सी होस्, हामीलाई सताउँछेस् भन्दै मलाई घरभित्रबाट निकालेर आँगनमा कुट्न थाले,’ उनले सुनाइन्, ‘जयरामका छोरा रमेशले कुटपिट गर्न नहुने भन्दै आफ्नो बुबालगायतलाई फर्काएर लगे ।’

कुटपिट हुँदा घरमा हसिना र उनका दुई बच्चा मात्र थिए । त्रासमा रात बिताउनुपरेको हसिनाले सुनाइन् । श्रीमान् चुन्नीलाल मजदुरीका लागि चार दिनअघि भारतको पुने गएका थिए । परिवारको आम्दानीको स्रोत नै ज्यालामजदुरी मात्र हो । ‘मैले भोलिपल्टै श्रीमान्लाई फोन गरेर बोक्सीको आरोपमा आफूमाथि कुटपिट भएको सुनाएँ । प्रहरीमा पनि निवेदन दिएँ,’ हसिनाले भनिन् ।

प्रहरीमा निवेदन दिएको पर्सिपल्ट पनि हसिनामाथि कुटपिट भयो । दिउँसो ३ बजेतिर जयराम, रामलाल, करन, रूपा चौधरीलगायत पाँच महिला र ६ पुरुषको समूह उनको घर पुग्यो । ‘एक्कासि मेरो घर आएर उनीहरूले मलाई घरबाट निकालेर कुटपिट गरे । जगल्टा लछार्दै गुरुवा मनोजको घर पुर्‍याए । गुरुवाको घरमा आँगनमा बिछ्याइएको परालमा सुताए ।

त्यसपछि केहीले लट्ठीले हाने, कसैले लात्तैलात्ताले हाने,’ हसिनाले सुनाइन्, ‘त्यसपछि शरीरमा पानी खन्याए । बोक्सी हुँ भन् भन्दै कबोल गर्न भने तर म बोक्सी होइन भनें । मैले नमानेपछि फरुवाले मेरो गर्धनमा ताक्दै गर्दा मेरो श्रीमान् आइपुग्नुभयो । त्यसपछि म बाँचें । अनि के भयो, मलाई याद छैन ।’

बोक्सीको आरोपमा समूहले कुटपिट गरिरहँदा गाउँले रमिते बनेका थिए । ‘म आइनपुगेको भए उनलाई मार्ने थिए । मेरा बालबच्चा टुहुरा हुने थिए,’ चुन्नीलालले कान्तिपुरसित भने ।

कुटपिटले हसिना बेहोस भएकी थिइन् । उनलाई श्रीमान् चुन्नीलालले तत्काल भजनी प्राथमिक स्वास्थ्य चौकीमा पुर्‍याए । त्यहाँका स्वास्थ्यकर्मीले धनगढी रेफर गरे । धनगढीको नवजीवन अस्पतालको आईसीयू (सघन उपचार कक्ष) मा ६ दिनसम्म राखेर उनको उपचार गरियो । मंगलबार भने उनलाई वार्डमा सारिएको छ । ‘उनको स्वास्थ्य अवस्था स्थिर छ । मानसिक अवस्थामा केही समस्या छ । शरीरभरि नीलडाम र घाउचोट छन्,’ नवजीवन अस्पतालका डा. विदुरमणि ढकालले भने, ‘उनलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था छ ।’

हसिना शय्याबाट आफैं उठ्न सक्ने अवस्थामा छैनन् । बोल्न पनि कठिन छ । ‘जीउ दुखेर रातभर सुत्न सक्दिन, छटपटाइरहन्छे,’ उनको हेरचाह गरिरहेकी आमा सीतारानी चौधरीले भनिन् ।

उजुरी पर्नासाथ प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको भए हसिना थप कुटपिटबाट जोगिने थिइन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवन चौधरी भने पीडितकै आग्रहमा कारबाही अगाडि नबढाएको दाबी गर्छन् । पीडितले भने प्रहरीको दाबीलाई झूटो भनेकी छन् ।

दोस्रो पटकको कुटपिटपछि मात्रै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले बाबुराम चौधरी, मनोज चौधरी, लाहानु चौधरी र रूपा चौधरीलाई पक्राउ गरेको हो । ‘केही फरार छन् । हामी अनुसन्धानमै छौं, धेरै कुरा भन्न मिल्दैन,’ प्रहरी निरीक्षक चौधरीले भने ।

 

कुटपिटका लागि निर्देशन दिएको आरोप लागेका भलमान्सा लालबहादुर चौधरीले भने आफूले नै प्रहरीलाई खबर दिएको दाबी गरेका छन् ।

‘मनोजलाई गुरुवा आएपछि सबै गोतियार उनको घरमा भेला भएका थिए तर हसिना आइनन् । त्यसैले उनलाई माफी मगाउने कुरा भएको भन्ने सुनेको हो । तर, उनीमाथि कुटपिट भयो,’ उनले भने, ‘कुटपिट हुनबाट हसिनालाई कसैले पनि जोगाउन सकेनन् । मनोजले मलाई पनि कुटपिट गर्‍यो । त्यहाँबाट भागेर मैले नै प्रहरीलाई खबर गरेको हो ।’ भलमान्सा गाउँ–समाजमा जानैपर्ने भएकाले गएको तर घटनामा आफ्नो कुनै संलग्नता नरहेको चौधरीले दाबी गरे ।

‘गुरुवा’ मनोजका दाजु प्रेम चौधरीले हसिनालाई माफी मगाउने कुरा चलेकामा कुटपिट भएको बताए । ‘मनोजलाई देउता आएर लट्ठीले कुटपिट गर्न थालेपछि सबै जना डराए, म त त्यति बेला भजनीबाट भर्खर आएको थिएँ,’ उनले भने ।

भजनीका अगुवा रतन रेग्मीले गाउँमा जघन्य अपराधको घटना भएको टिप्पणी गरे । उनका अनुसार मनोजलाई पहिलो पटक ‘गुरुवा’ आएको थियो । गौनैयाका थारू समुदायमा कुनै व्यक्तिलाई पहिलो पटक ‘गुरुवा’ आएको दिन नातेदार सबैले घरघरमा दियो जलाएर व्रत बस्नुपर्ने नियम छ । तर बोक्सी भएका कारण हसिनाले घरमा दियो नबालेको आरोप लगाएर पुस १ मा कुटपिट गरिएको उनका बुबाबाट जानकारी पाएको रेग्मीले बताए ।

‘पीडित महिलाले खबर गरेपछि उनका बुबा सीताराम चौधरीले भोलिपल्ट मलगायतलाई छलफलका लागि भनेका थिए । तर म भजनीबाहिर भएकाले जान पाइनँ,’ उनले भने, ‘४ गते पनि गुरुवाले हसिनालाई बोक्सीको आरोप लगाएपछि निर्घात कुटपिट भएछ ।’ घटना भएको वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठ घटनाबारे विस्तृत जानकारी नभएको बताउँदै पन्छिए । गौनैयाका बासिन्दा पनि यसबारे मुख खोल्न मान्दैनन् ।

भजनीका नगर प्रमुख केबल चौधरीले मंगलबार अस्पताल पुगेर पीडितको अवस्था सोधपुछ गरेका थिए । ‘यति ठूलो घटना हुँदा पनि मलाई कुनै जानकारी गराएनन्,’ नगर प्रमुख चौधरीले भने, ‘मेरै वडाको घटना हो । म काठमाडौं भएकाले घटना भएको दुई दिनपछि थाहा पाएँ । हुनै नहुने घटना भयो । पीडितको उपचारमा लागेको खर्च नगरपालिकाबाट बेहोर्न कुरा गर्छौं ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले उक्त घटना जघन्य अपराध भएको बताए । ‘बोक्सीको आरोपलगायतका घटनामा शून्य सहनशीलताको नीति छ । कुनै पनि हालतमा फरारलाई पक्राउ गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘भलमान्सालगायतको पनि संलग्नता रहेको सुनिएको छ । विस्तृत अनुसन्धान गर्न भनेको छु ।’

 

 

प्रतिक्रिया