ताजा अपडेट
कैलालीबाट तीन जना फरार प्रतिवादी पक्राउ

धनगढी । कैलालीबाट तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । वन र चेक अनादर मुद्दाका तीन जना फरार प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।
विना इजाजत वन पैदावार ओसपसार मुद्दामा एक महिना कैद सजाय र ३९ हजार ६६६ जरिवाना तोकिएका कैलालीको गौरीगंगा नगरपालिका–४ बस्ने ४७ वर्षीय मिनबहादुर गुरुधामी, वन मुद्दामा ६५ हजार ६२० जरिवाना तोकिएका कैलारी गाउँपालिका–७ का ५० वर्षीय छेदुराम चौधरी र चेक अनादर मुद्दामा एक हजार जरिवाना तोकिएका गौरीगंगा नगरपालिका–३ बासुपुरका ४५ वर्षीय हरिओम सापकोटा पक्राउ परेका हुन् ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया