ताजा अपडेट
हाइटीमा पत्रकार सम्मेलनका क्रममा गोली प्रहार, दुई पत्रकारसहित तीन जनाको मृत्यु
काठमाडौं– क्यारेबियन देश हाइटीमा एक ठूलो सरकारी अस्पताललाई पुन सञ्चालन गर्ने घोषणाका क्रममा आयोजित एक पत्रकार सम्मेलनका क्रममा गोलाबारी हुँदा तीन जनाको मृत्यु भएको छ।
हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलाबारीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य कैयौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ।
उक्त सार्वजनिक अस्पतालमा गत जुलाईअघि हिंस्रक समूहको कब्जा रहेको थियो। गोलाबारी हुँदा पत्रकारहरु स्वास्थ्यमन्त्रीको पर्खाइमा रहेका थिए।
रिपोर्टअनुसार दुई पत्रकार र एक सुरक्षाकर्मीको मृत्यु भएको छ। उक्त गोलाबारीको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। हाइटी क्यारेबियन सागरमा अवस्थित एक देश हो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया