Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अस्पताल जान्छु भनेर गएका सिद्धार्थ कहिल्यै नर्फिने गरी गए

अस्पताल जान्छु भनेर गएका सिद्धार्थ कहिल्यै नर्फिने गरी गए

गीता कुँवर अछाम  

गौरी आउजीको रुँदारुँदै आँखाको आँशु सुकिसकेको छ । पती वि’योगमा छटपटाइरहेकी गौरी भक्‍कानिएर रुन खोज्छिन् तर बोली नै आउँदैन।हुर्किदै गरेका छोराछोरी छिनभरमै टुहुरा भएपछि उनलाई दिउँसै नै रात पर्न थालेको छ।

अछामको बयलपाटा अस्पतालमा आ’त्मदा’ह गरेका सिद्धार्थ आउजीको मृ’त्यु भएको आज चार दिन भइसकेको छ।घरबाट अस्पताल जान्छु भनेर गएका शिद्धार्थ कहिल्यै नर्फिने गरी गएका छन्। अब उनको र गौरीको भेट पनि कहिले हुनेछैन।बिहानै अस्पताल जान्छु भनेर निस्किएका सिद्धार्थ कहिल्यै नफिर्किने गरी अस्ताएका छन् । तर पनि गौरी आफ्नो प्रिय व्यक्ति कतै फर्किपो हाल्छन् कि भनेर उनी गएको बाटोतिर टोलाइरहन्छिन्।

सहाराबिहीन बनेकी गौरीका ७ वर्षका छोरा र दश महिनाकी छोरी छन् । आमा भागरथी नेपालीको का खमा घोप्टो परेकी गौरी लाई सुशिल (छोरा) ले पटक पटक बाबा कति बेला आउँ छन् भनेर सोध्छन्। छोराको प्र श्न सुनेर जवाफ वि हीन गौरी भक्‍कान्छिन्।

गौरीका सासू ससुरा नोकरीको सिलसिलामा भारतमा छन् । घरमा गौरी, सिद्धार्थ, छोरा शुसील र छोरी मात्र बस्थे।आफ्नो घरमा बस्न नसकेपछि गौरी अहिले जेठानीको घरमा बस्दै आएकी छिन् । ‘बिहानै अस्पताल जान्छु भनेर निस्केका थिए, गौरीले भनिन्, ‘जागिरबाट निकालेको खबरले निकै तना’बमा थिए।जागिरबाट ननिकालेको भए यस्तो घ’टना हुने नै थिएन। म बेसाहरा भए । मेरो छोराछोरी टुहुरा भए । आफू मरेर बाँकी ३२ जनाको जागिर बचाएर गए,’ गौरीले भ’क्‍कानिदै भनिन्।

अन्तिम अवस्थामा श्रीमानको मुख देख्न नपाउँदा गौरीलाई झन् असह्य पीडा थपिएको छ।उनी भन्छिन्,’ हे दैव मलाई किन यसरी एक्लो पारिस्। मेरा श्रीमानले के नै बिगारेका थिए र।’ जेठ २६ गते बिहान अस्पताल परिसरमा शरीरमा पेट्रोल छ’र्केर आगो लगाएका सिद्धार्थलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो । कोहलपुर मेडिकल कलेज लगिएका सिद्धार्थको अस्पतालमा बेड व्यवस्थापन गर्दागर्दै उनको ज्यान गएको थियो।शवको आज पोष्टमार्टम भइराखेको छ।

‘दुई-तीन घण्टासम्म अस्पतालमा बेड नै पाएनौं, सिद्धार्थसँगै गएका मीन बोहराले भने,’ अस्पतालमा बेड खोज्दाखोज्दै ज्या’न गयो ।’ ढाई वर्षअघि गौरीले सिद्धार्थसँग प्रेम विवाह गरेकी थिइन् । डोटीको साना गाउँमा माइती घर भएकी गौरीले कक्षा ७ मा पढ्दै गर्दा सिद्धार्थसँग विवाह गरेकी थिइन्।

उनी, अहिले भर्खर १८ वर्षकी भइन् । दुई वर्ष अस्पतालमा काम गरेका सिद्धार्थको मृ’त्युपछि अस्पतालका कोही पनि कर्मचारी गौरीको अवस्था बुझ्न आएका छैनन्। ‘अस्पतालका कर्मचारी त के आउँथे, उनीसँगै निकालिएका साथी समेत आएका छैनन्,’ गौरीले भने। मंगलबार मंगलसेनमा बसेको सर्वपक्षीय बैठकले घट’नाको सत्यतथ्य छानबिन गर्ने, गौरीलाई सिद्धार्थको पदमा पदस्थापन गर्ने, पीडित परिवारलाई राहत उपलब्ध गराउने र हटाइएका कर्मचारी तत्काल पुर्नबहाली गर्ने विषयमा निर्णय गरेको जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरले बताए ।

न्याय हेल्थ नेपालद्धारा सञ्चालित बयलपाटा अस्पतालले बिहीबार विज्ञप्ती जारी गर्दै पीडित परिवारलाई आर्थिक सहयोग र रोजगार दिने जनाएको छ । संस्थामा कार्यरत केही कर्मचारीको करार सम्झौता नविकरण नहुने भनी गरिएको निर्णय तत्काललाई स्थगन गरिएको अध्यक्ष सुरज वैद्यद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।वैदेशिक रकम कटौती हुँदै आएपछि अस्पतालले ३२ जना कर्मचारीलाई हटाएको थियो ।

प्रतिक्रिया