ताजा अपडेट
सरोकारवालाको टोलीद्वारा विनायकमा क्वारेन्टाइन अनुगमन
भदौ ७ ,अछाम
पन्चदेवल विनायक नगरपलिकामा रहेका क्वारेन्टाइनको जिल्लाको सरोकारवालाको टोलीले अनुगमन गरेको छ । जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुँवर र प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाले आइतबार अनुगमन गरेको हो । विनायकस्थित पन्चदेवल बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनको अनुगमन गरेको हो । हाल उक्त क्वारेन्टाइन खाली भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम माझिले बताउनु भयो ।
कोरोना भाइरसको संक्रमण समुदायमा फैलन नदिन क्वारेन्टाइन व्यवस्थित हुनु पर्ने जिसस प्रमुख नरबहादुर कुँवरले बताउनु भयो । अनुगमनको क्रममा क्वारेन्टाइनहरु खासै व्यवस्थित नभएकाले आगामी दिनमा व्यवस्थित गर्न आग्रह गर्नुभयो । सुरक्षा निकायका प्रमुखहरु समेत रहेको टोलीमा अवैध मदिरा रोकथाम गर्न स्थानीयले आग्रह समेत गरेका थिए । अनुगमनमा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय , पन्चदेवल विनायक नगरपालिकाकी उपप्रमुख अम्बिका चलाउने , भवानी बक्स गणपति प्रमुख सेनानी लोचन कार्की , नेपाल प्रहरीका डिएसपी योगेन्द्रसिंह थापा ,सशस्त्र प्रहरीका डिएसपी जगदीश जोशीलगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया