Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुदूरपश्चिममा कति छन् इसाई धर्मावलम्बी ?

सुदूरपश्चिममा कति छन् इसाई धर्मावलम्बी ?

धनगढी– सुदूरपश्चिममा हिन्दु धर्मावलम्बी घट्दै र इसाई धर्म बढ्दै गएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिममा हिन्दु धर्मावलम्बीको संख्यामा कमी र अन्य धर्मावलम्बीको संख्या बढ्दै गएको उल्लेख छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार २६ लाख ९४ हजार सात सय ८३ जनसंख्या रहेको प्रदेशमा इसाई धर्म मान्नेको संख्या ३७ हजार पाँच सय ४० पुगेको छ । प्रदेशमा इसाई धर्म मान्नेको संख्या पुरुष भन्दा महिला बढी रहेको छ । १४ लाख २१ हजार नौ सय ९७ महिला जनसंख्या रहेकोमा इसाई धर्म मान्ने महिला २० हजार दुई सय ९५ रहेको छ भने १२ लाख ७२ हजार सात सय ८६ पुरुष जनसंख्या रहेकोमा इसाई मान्ने १७ हजार दुई सय ४५ रहेको छ ।

सो तथ्यांक अनुसार प्रदेशमा हिन्दु धर्मावलम्बीको संख्या २६ लाख २५ हजार पाँच सय ७६ रहेको छ । प्रदेशमा बौद्ध धर्म मान्नेको संख्या २२ हजार पाँच सय ३६ रहेको छ ।

यस प्रदेशमा दश धर्म मान्नेहरुको संख्या रहेकोमा इस्लाम छ हजार नौ सय ८३, किरात दुई सय ५०, प्रकृति एक हजार पाँच सय ४०, बोन एक सय ९४, जेन ३०, बहाई एक सय ८० र सिख धर्म मान्ने ५४ जना रहेको तथ्यांकमा उल्लेख छ । सुदूरपश्चिमको दार्चुला, बझाङ्, बैतडी, डडेल्धुरा, डोटी, अछाम र बाजुरामा बोन धर्मावलम्बी नरहेको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशमा इसाई धर्म मान्नेको संख्या सबैभन्दा बढी कैलाली रहेको छ । कैलालीमा इसाई धर्म मान्नेको संख्या १८ हजार छ सय एक रहेको छ भने कञ्चनपुरमा १७ हजार चार सय ५४ रहेको छ ।

कैलालीमा हिन्दु धर्म मान्नेको संख्या आठ लाख ६७ हजार छ सय ८५ रहेको छ भने कञ्चनपुरमा चार लाख ९० हजार आठ सय २४ रहेको छ ।

प्रदेशको बाजुरामा इसाई मान्ने संख्या ७५, बझाङमा एक सय ८२, दार्चुलामा एक सय २७, बैतडीमा (बाँकी ३ पेजमा) ६२, डडेल्धुरामा तीन सय ५७, डोटीमा दुई सय ९५ र अछाममा तीन सय ८७ जना रहेको तथ्यांकमा उल्लेख छ ।

प्रदेशमा छ वटा धर्म मान्ने जिल्लामा अछाम, डडेल्धुरा, दार्चुला, बझाङ र पाँच वटा धर्म मान्ने जिल्लामा बाजुरा, बैतडी रहेको छ । प्रदेशको डोटीमा आठ धर्मावलम्बी रहेको तथ्यांकमा उल्लेख छ ।
 

प्रतिक्रिया