ताजा अपडेट
डडेल्धुराबाट श्रीमतीसंगै भारत हिँडेका खडायत मृत भेटिए
डडेल्धुरा । डडेल्धुरा आलितालका एक युवक कञ्चनपुरमा मृत फेला परेका छन् । आलिताल गाउँपालिका–५ गोलेथर बस्ने अन्दाजी २० वर्षीय कृष्ण खडायत कञ्चनपुरमा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
खडायत घरबाट भारत जान्छु भन्दै श्रीमतीसँगै हिँडेका थिए । तर, सीमा नाकामा आवश्यक कागजात देखाउन नसकेपछि खडायत दम्पत्तिलाई फर्काइएको थियो । त्यसपछि खडायत परिवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० सिद्धदेवी टोलमा आफ्ना काकाको घरमा पुगेका थिए ।
परिवारले दिएको जानकारीअनुसार श्रीमान–श्रीमतीको सामान्य झगडा परेको थियो । त्यसपछि कृष्ण मृत फेला परेका हुन् । खडायतको शव पोस्टमार्टमको लागि धनगढीको सेती प्रादेशिक अस्पताल लगिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया