ताजा अपडेट
डडेल्धुराबाट श्रीमतीसंगै भारत हिँडेका खडायत मृत भेटिए

डडेल्धुरा । डडेल्धुरा आलितालका एक युवक कञ्चनपुरमा मृत फेला परेका छन् । आलिताल गाउँपालिका–५ गोलेथर बस्ने अन्दाजी २० वर्षीय कृष्ण खडायत कञ्चनपुरमा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
खडायत घरबाट भारत जान्छु भन्दै श्रीमतीसँगै हिँडेका थिए । तर, सीमा नाकामा आवश्यक कागजात देखाउन नसकेपछि खडायत दम्पत्तिलाई फर्काइएको थियो । त्यसपछि खडायत परिवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० सिद्धदेवी टोलमा आफ्ना काकाको घरमा पुगेका थिए ।
परिवारले दिएको जानकारीअनुसार श्रीमान–श्रीमतीको सामान्य झगडा परेको थियो । त्यसपछि कृष्ण मृत फेला परेका हुन् । खडायतको शव पोस्टमार्टमको लागि धनगढीको सेती प्रादेशिक अस्पताल लगिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया