Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

धनगढीमा १४ गतेदेखि राष्ट्रिय उसु प्रतियोगिता, ८८ पदकका लागि प्रतिस्पर्धा

धनगढीमा १४ गतेदेखि राष्ट्रिय उसु प्रतियोगिता, ८८ पदकका लागि प्रतिस्पर्धा

धनगढी । कैलालीको धनगढीमा १४ गतेदेखि निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सहयोग तथा सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा १४ पुसदेखि १६ गतेसम्म सान्सौं विधामा सिनियर र जुनियर उसु प्रतियोगिता हुने भएको हो । 

सुदूरपश्चिम प्रदेश उसु संघका कार्यवाहक अध्यक्ष राजिव गुप्ताका अनुसार प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टिमको सहभागिता हुने छ । ‘सिनियरतर्फ पुरुषमा सात वटा तौल समूह र महिलामा ६ वटा तौल समूहमा खेल हुने छन्,’ उनले भने, ‘जुनियरतर्फ चार तौल समूहमा पुरुषतर्फ र चार तौल समूहमा महिलातार्फ प्रतिस्पर्धा हुने छ ।’

उनका अनुसार २२ स्वर्ण, २२ रजत र ४४ कास्य गरी ८८ पदकका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सिनियरतर्फ पहिलो हुने टिमलाई नगद ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारसहित पदक प्रदान गरिने छ । यस्तै, जुनियरतर्फ पहिलो हुने टिमलाई नगद २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजारसहित पदक प्रदान गरिने छ । 

प्रतियोगितामा एक सय ९६ खेलाडीले भाग लिनेछन् । प्रतियोगिता आयोजनाका लागि ४८ लाख २५ हजार बढी खर्च हुने आयोजकले अनुमान गरेको छ । 

सुदूरपश्चिमकी उसु खेलाडी निता खड्काको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया निता खड्काको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

प्रतिक्रिया