Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

धनगढीमा १४ गतेदेखि राष्ट्रिय उसु प्रतियोगिता, ८८ पदकका लागि प्रतिस्पर्धा

धनगढीमा १४ गतेदेखि राष्ट्रिय उसु प्रतियोगिता, ८८ पदकका लागि प्रतिस्पर्धा

धनगढी । कैलालीको धनगढीमा १४ गतेदेखि निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सहयोग तथा सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा १४ पुसदेखि १६ गतेसम्म सान्सौं विधामा सिनियर र जुनियर उसु प्रतियोगिता हुने भएको हो । 

सुदूरपश्चिम प्रदेश उसु संघका कार्यवाहक अध्यक्ष राजिव गुप्ताका अनुसार प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टिमको सहभागिता हुने छ । ‘सिनियरतर्फ पुरुषमा सात वटा तौल समूह र महिलामा ६ वटा तौल समूहमा खेल हुने छन्,’ उनले भने, ‘जुनियरतर्फ चार तौल समूहमा पुरुषतर्फ र चार तौल समूहमा महिलातार्फ प्रतिस्पर्धा हुने छ ।’

उनका अनुसार २२ स्वर्ण, २२ रजत र ४४ कास्य गरी ८८ पदकका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सिनियरतर्फ पहिलो हुने टिमलाई नगद ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारसहित पदक प्रदान गरिने छ । यस्तै, जुनियरतर्फ पहिलो हुने टिमलाई नगद २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजारसहित पदक प्रदान गरिने छ । 

प्रतियोगितामा एक सय ९६ खेलाडीले भाग लिनेछन् । प्रतियोगिता आयोजनाका लागि ४८ लाख २५ हजार बढी खर्च हुने आयोजकले अनुमान गरेको छ । 

सुदूरपश्चिमकी उसु खेलाडी निता खड्काको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया निता खड्काको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ