Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १२ पुष २०८१
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम समाज क्यालिफोर्नियाको अध्यक्षमा बोगटी निर्विरोध निर्वाचित सुदूरपश्चिम समाज क्यालिफोर्नियाको अध्यक्षमा बोगटी निर्विरोध निर्वाचित सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञानमा स्नातकोत्तर कार्यक्रम सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञानमा स्नातकोत्तर कार्यक्रम धनगढीमा लागूऔषधसहित तीन जना समातिए धनगढीमा लागूऔषधसहित तीन जना समातिए कञ्चनपुरमा भारतीयले नेपालको जमिन कब्जा गरेकोबारे तुरुन्त जाँचबुझ गर्न झलनाथ खनालको माग कञ्चनपुरमा भारतीयले नेपालको जमिन कब्जा गरेकोबारे तुरुन्त जाँचबुझ गर्न झलनाथ खनालको माग एमालेमा आलोचक सिध्याउँदै ओली एमालेमा आलोचक सिध्याउँदै ओली सुदूरपश्चिममा राजनीतिक नियुक्तिका पद रिक्त हुँदै, नियुक्तिका लागि ‘लबिङ’मा काँग्रेस–एमाले नेताहरु सुदूरपश्चिममा राजनीतिक नियुक्तिका पद रिक्त हुँदै, नियुक्तिका लागि ‘लबिङ’मा काँग्रेस–एमाले नेताहरु धनगढीमा १४ गतेदेखि राष्ट्रिय उसु प्रतियोगिता, ८८ पदकका लागि प्रतिस्पर्धा धनगढीमा १४ गतेदेखि राष्ट्रिय उसु प्रतियोगिता, ८८ पदकका लागि प्रतिस्पर्धा डडेल्धुराबाट श्रीमतीसंगै भारत हिँडेका खडायत मृत भेटिए डडेल्धुराबाट श्रीमतीसंगै भारत हिँडेका खडायत मृत भेटिए सुदूरपश्चिममा कति छन् इसाई धर्मावलम्बी ? सुदूरपश्चिममा कति छन् इसाई धर्मावलम्बी ? हाइटीमा पत्रकार सम्मेलनका क्रममा गोली प्रहार, दुई पत्रकारसहित तीन जनाको मृत्यु हाइटीमा पत्रकार सम्मेलनका क्रममा गोली प्रहार, दुई पत्रकारसहित तीन जनाको मृत्यु

कञ्चनपुरमा भारतीयले नेपालको जमिन कब्जा गरेकोबारे तुरुन्त जाँचबुझ गर्न झलनाथ खनालको माग

कञ्चनपुरमा भारतीयले नेपालको जमिन कब्जा गरेकोबारे तुरुन्त जाँचबुझ गर्न झलनाथ खनालको माग

पूर्वप्रधानमन्त्री झलनाथ खनालले कञ्चनपुरमा भारतीयले नेपालको झन्डै एक हजार बिघा जमिन कब्जा गरेको समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। 

कञ्चनपुरको दक्षिणी सिमानास्थित सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब ६६७ हेक्टर जमिन भारतीयले कब्जा गरेर खेतीपातीसमेत गरिरहेको कुरा जानकारीमा आएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले यस विषयमा तुरुन्त कदम चाल्न सरकारसँग माग गरेका हुन्। 

‘यो अत्यन्त गम्भीर घटना हो। यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि यो देशको सरकार देख्न सक्दैन, थाहा पाउन सक्दैन र मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन। यो दुईतिहाइ भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरबाहीको चरम अभिव्यक्ति हो, बिहीबार बिहान खनालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म यो सरकारलाई त्यो अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्ति सम्पन्न निरीक्षण टिम पठाइयोस्, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी शक्ति, त्यहाँका जनप्रतिनिधिहरू र पार्टीका प्रतिनिधिहरूसमेत पठाइयोस्, स्थितिको तुरुन्त जाँचबुझ गरियोस्, आवश्यकताअनुसार भारत सरकारसँग समेत वार्ता गरियोस् र सम्पूर्ण नेपाली जनताको मुटुको टुक्राभन्दा प्रिय त्यो भूमिको सुरक्षा गरियोस् र त्यसलाई नेपालको अभिन्न भूभागका रूपमा स्थापित गरियोस्, हाम्रा सीमा स्तम्भहरूलाई अद्यावधिक गर्नुका साथै सिमानामा नियमित पेट्रोलिङको समेत व्यवस्था गरियोस् भनेर म सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट जोडदार माग गर्दछु। अन्यथा नेपाली जनताको देशभक्तिपूर्ण भावनाको विस्फोटलाई कसैले रोक्न सक्ने छैन।’​

नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले जारी गरेको विज्ञप्तिको पूर्णपाठ यस्तो छ-

समस्त देशभक्त दिदीबहिनी तथा दाजुभाइहरू!

हाम्रो मातृभूमि नेपाल आफ्नो उदयदेखि नै स्वतन्त्र रहेको मुलुक हो। हामी कुनै स्वतन्त्रता दिवस मनाउदैनौँ, किनभने हामी कहिल्यै कसैको अधीनस्थ भएनौँ। यो सारा विश्वले थाहा पाएको एउटा सत्य हो। त्यत्तिकै अर्को सत्य के पनि रहिआएको छ भने हाम्रो मुलुकको मूलतः दक्षिणी सीमाबाट एकपछि अर्को सीमा अतिक्रमणहरू निरन्तर हुँदै आएका छन्। लिम्पियाधुरा, लिपुलेक र कालापानीको अतिक्रमण त छँदै छ, सुस्ता र अन्य कतिपय ठाउँमा पनि समस्या छँदै छन्। अहिले आएर भारतीय पक्षबाट भएको अर्को गम्भीर अतिक्रमणको घटना खुलासा भएको छ।

नेपालको सुदूरपश्चिमको जिल्ला कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब एक हजार बिघा (करिब ६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपातीसमेत गरिरहेको कुरा जानकारीमा आएको छ। यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र हो। त्यो निकुञ्जको जंगल भएको क्षेत्र हो। त्यहाँ पुग्न आवागमनको पनि समस्या छ र निकुञ्जको सुरक्षाका कारणले नेपालतिरबाट जो कोही त्यहाँ पुग्न पनि सक्दैन। तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ।

यो अत्यन्त गम्भीर घटना हो। यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि यो देशको सरकार देख्न सक्दैन, थाहा पाउन सक्दैन र मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन। यो दुईतिहाइ भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरबाहीको चरम अभिव्यक्ति हो।

म यो सरकारलाई त्यो अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्ति सम्पन्न निरीक्षण टिम पठाइयोस्, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी शक्ति, त्यहाँका जनप्रतिनिधिहरू र पार्टीका प्रतिनिधिहरूसमेत पठाइयोस्, स्थितिको तुरुन्त जाँचबुझ गरियोस्, आवश्यकताअनुसार भारत सरकारसँग समेत वार्ता गरियोस् र सम्पूर्ण नेपाली जनताको मुटुको टुक्राभन्दा प्रिय त्यो भूमिको सुरक्षा गरियोस् र त्यसलाई नेपालको अभिन्न भूभागका रूपमा स्थापित गरियोस्, हाम्रा सीमा स्तम्भहरूलाई अद्यावधिक गर्नुका साथै सिमानामा नियमित पेट्रोलिङको समेत व्यवस्था गरियोस् भनेर म सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट जोडदार माग गर्दछु। अन्यथा नेपाली जनताको देशभक्तिपूर्ण भावनाको विस्फोटलाई कसैले रोक्न सक्ने छैन।

मिति: ११ पुस, २०८१

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री

तथा

सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)

प्रतिक्रिया