Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ताल फुटेर आएको बाढीले उजाड सैनीबजार , न स्वास भेटियो न लास !

ताल फुटेर आएको बाढीले उजाड सैनीबजार , न स्वास भेटियो न लास !


धिरज कुँवर  (अछाम)
पुरानो बजारको रुपमा चिनिने सैनिबजार यतिखेर उजाड बनेको छ । साबिकको रामारोशन र भाटाकाटिया गाविसको व्यापारी केन्द्र हो सैनीबजार । साविकका दुई गाविसका दर्जनौं बस्तीको लागि आवश्यक पर्ने खाद्यन्न, लत्ताकपडा स्थानीय बजारबाट किन्न पाइन्थ्यो । स्थानीय तह गठनपछि सैनीबजारको स्वरुप फेरीएको थियो । स–साना खुद्रा पसल, चिया पसलबाट ठुलो व्यापारी केन्द्र बनेको सैनीबजार गत मंगलबार राती निशाना नरहने गरी ध्वस्त भयो । सैनीमा २५ घर थिए । ति मध्ये २२ घर बाढीले बगायो । ४ परिवारका १७ जना बेपत्ता भए । ति मध्ये हालसम्म ७ जनाको मात्रै शव भेटिएको छ । बाकी १० जना अझै बेपत्ता छन् ।

‘बाढीले सैनीबजार बगाएपछिका हरेक रात छट्पटीमा बितिरहेका छन् । कतिखेर बाढी आउछ भन्ने लाग्छ  । सैनीबजारमा बचेका दुइवटा  पसल मध्ये एक पसल मेरो हो । अर्को खडक बटालाको हो ’सैनीबजारका स्थानीय दिर्घ राज रोकायाले भने ‘सैनीबासी सबै मानसिक रुपमा क्षतविक्षत भएका छौं । मृतक र बेपत्ता परिवारका व्यक्तीको अवस्था असामान्य छ ।’ज्यान, जग्गा, धन सम्पत्ति, घर– अन्नबाली सबै गुमाएका सैनीबासीले रुदै दिन बिताएको रोकाया बताउछन् । बाढीपछिको यहा“का जनताले नुन , तेल खाद्यन्न नपाएको उनले बताए । ‘बा“चेकाहरुले पैसा भएर पनि सामान किन्न पाएका छैनन् । खाद्यन्न अभाव भएको छ । पहिले मुजाबगर एक घण्टामा पुगिन्थ्यो । अहिले सामान ल्याउ जानलाई बाटो नै छैन ।’ उनले भने ।
‘बाढीले घरभित्र राखिएको अन्नपात, लत्ताकपडा सबै बगायो’ सैनीबजारका अर्का स्थानीय पुर्ण साउदले भने, ‘पशु चौपाया डुबेर मरेका छन् । निरन्तर वर्षा हु“दा समुदायमा त्रास फैलिएको छ । ’ उनका अनुसार बाढीले विस्थापित भएका पीडितले भोकभोकै खुल्ला आकाशमुनि रात कटाएका छन । 
‘सुरक्षित ठाउ“ भन्ने कुरा कतै छैन, बाढीले नभेटाउने गरी स्कुलमा बसेका पीडितहरुको विचल्ली भयो,’ उनले भने ‘कसैले त्रिपाल, चाउचाउ र विस्कुट दिएपनि धेरै राहत पाउ“थे’ सैनीबजारका पसललाई समेत बाढीले बगाएकोे र बाढी पीडितको संख्या अत्याधिक रहेको उनले बताए ।
ताल फुटेर पहिरो
रामारोशन पर्यटकिय क्षेत्रमा पर्ने १२ ताल मध्येको गाग्रेताल फुटेर रोलाखोला  किमडीखा“दमा पहिरो जा“दा बाढी आएको सैनीबजारका स्थानीय कम्मान साउदले बताए ।‘ताल फुटेर बाढी आएको हुनसक्छ भन्ने हामीलाई शंका थियो । शनिबार हामी यहि क्षेत्रमा पुग्यौं । गाग्रे ताल फुटेको छ । तलबाट नदिनेले कटान गरेको छ । माथिबाट ताल फुट्यो ’ उनले भने ,‘यसअघि त सैनीबजार पुरै बगायो । निरन्तर वर्षा भइरहेको छ । यहा“का धनेसल्ला, सोड्ना ,जाततोला लगायतका बस्ती उच्च जोखिममा छन् ।’ सबैभन्दा ठूलो किनिमिनि पाटनलाई समेत ताल फुटेर असर पारेको उनले बताए । ‘निरन्तर वर्षा भइरह्यो भने सबै पहिरोमा मिसिने सम्भावना धेरै छ । पैदलबाटो समेत छैन ।’
 

प्रतिक्रिया