Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

ताल फुटेर आएको बाढीले उजाड सैनीबजार , न स्वास भेटियो न लास !

ताल फुटेर आएको बाढीले उजाड सैनीबजार , न स्वास भेटियो न लास !


धिरज कुँवर  (अछाम)
पुरानो बजारको रुपमा चिनिने सैनिबजार यतिखेर उजाड बनेको छ । साबिकको रामारोशन र भाटाकाटिया गाविसको व्यापारी केन्द्र हो सैनीबजार । साविकका दुई गाविसका दर्जनौं बस्तीको लागि आवश्यक पर्ने खाद्यन्न, लत्ताकपडा स्थानीय बजारबाट किन्न पाइन्थ्यो । स्थानीय तह गठनपछि सैनीबजारको स्वरुप फेरीएको थियो । स–साना खुद्रा पसल, चिया पसलबाट ठुलो व्यापारी केन्द्र बनेको सैनीबजार गत मंगलबार राती निशाना नरहने गरी ध्वस्त भयो । सैनीमा २५ घर थिए । ति मध्ये २२ घर बाढीले बगायो । ४ परिवारका १७ जना बेपत्ता भए । ति मध्ये हालसम्म ७ जनाको मात्रै शव भेटिएको छ । बाकी १० जना अझै बेपत्ता छन् ।

‘बाढीले सैनीबजार बगाएपछिका हरेक रात छट्पटीमा बितिरहेका छन् । कतिखेर बाढी आउछ भन्ने लाग्छ  । सैनीबजारमा बचेका दुइवटा  पसल मध्ये एक पसल मेरो हो । अर्को खडक बटालाको हो ’सैनीबजारका स्थानीय दिर्घ राज रोकायाले भने ‘सैनीबासी सबै मानसिक रुपमा क्षतविक्षत भएका छौं । मृतक र बेपत्ता परिवारका व्यक्तीको अवस्था असामान्य छ ।’ज्यान, जग्गा, धन सम्पत्ति, घर– अन्नबाली सबै गुमाएका सैनीबासीले रुदै दिन बिताएको रोकाया बताउछन् । बाढीपछिको यहा“का जनताले नुन , तेल खाद्यन्न नपाएको उनले बताए । ‘बा“चेकाहरुले पैसा भएर पनि सामान किन्न पाएका छैनन् । खाद्यन्न अभाव भएको छ । पहिले मुजाबगर एक घण्टामा पुगिन्थ्यो । अहिले सामान ल्याउ जानलाई बाटो नै छैन ।’ उनले भने ।
‘बाढीले घरभित्र राखिएको अन्नपात, लत्ताकपडा सबै बगायो’ सैनीबजारका अर्का स्थानीय पुर्ण साउदले भने, ‘पशु चौपाया डुबेर मरेका छन् । निरन्तर वर्षा हु“दा समुदायमा त्रास फैलिएको छ । ’ उनका अनुसार बाढीले विस्थापित भएका पीडितले भोकभोकै खुल्ला आकाशमुनि रात कटाएका छन । 
‘सुरक्षित ठाउ“ भन्ने कुरा कतै छैन, बाढीले नभेटाउने गरी स्कुलमा बसेका पीडितहरुको विचल्ली भयो,’ उनले भने ‘कसैले त्रिपाल, चाउचाउ र विस्कुट दिएपनि धेरै राहत पाउ“थे’ सैनीबजारका पसललाई समेत बाढीले बगाएकोे र बाढी पीडितको संख्या अत्याधिक रहेको उनले बताए ।
ताल फुटेर पहिरो
रामारोशन पर्यटकिय क्षेत्रमा पर्ने १२ ताल मध्येको गाग्रेताल फुटेर रोलाखोला  किमडीखा“दमा पहिरो जा“दा बाढी आएको सैनीबजारका स्थानीय कम्मान साउदले बताए ।‘ताल फुटेर बाढी आएको हुनसक्छ भन्ने हामीलाई शंका थियो । शनिबार हामी यहि क्षेत्रमा पुग्यौं । गाग्रे ताल फुटेको छ । तलबाट नदिनेले कटान गरेको छ । माथिबाट ताल फुट्यो ’ उनले भने ,‘यसअघि त सैनीबजार पुरै बगायो । निरन्तर वर्षा भइरहेको छ । यहा“का धनेसल्ला, सोड्ना ,जाततोला लगायतका बस्ती उच्च जोखिममा छन् ।’ सबैभन्दा ठूलो किनिमिनि पाटनलाई समेत ताल फुटेर असर पारेको उनले बताए । ‘निरन्तर वर्षा भइरह्यो भने सबै पहिरोमा मिसिने सम्भावना धेरै छ । पैदलबाटो समेत छैन ।’
 

प्रतिक्रिया

ट्रेन्डिङ