Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

टिकटकमा कल्पना गरेको २ दिनपछि दुर्घटना, जनस्वास्थ्य निरीक्षकको निधन

टिकटकमा कल्पना गरेको २ दिनपछि दुर्घटना, जनस्वास्थ्य निरीक्षकको निधन

२३ सेकेन्डको टिकटक भिडिओ, जसमा राति मोटरसाइकलमा दुईजना यात्रा गरिरहेको दृश्य छ।

त्यही दृश्यमा एउटा आवाज गुञ्जिरहेको छ, ‘एक दिन मेरो ठूलो एक्सिडेन्ट होस्। म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुर्‍याउने जिम्मा तिमीलाई दिइयोस्। अनि तिमीसँग डाक्टरले भनोस् कि आइएम सरी, मैले हजुरको मान्छे बचाउन सकिनँ। तब तिमीलाई मेरो मायाको आभास हुनेछ र म सदाका लागि निदाउनेछु।’

दुई दिनअघि आफ्नो टिकटक अकाउन्टमा यस्तै भिडिओ राखेका थिए- बाजुराको बडिमालिका नगरपालिका-७ निवासी ३० वर्षीय धर्म खत्रीले। दुर्भाग्य! उनै खत्रीको बिहीबार मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ मा मोटरसाइकल दुर्घटना हुँदा घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार साँझ साढे ६ बजे धनगढी-३ को लक्ष्मी नर्सरीनजिक खत्री सवार मोटरसाइकललाई अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०१२ प ९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो। 

प्रहरीका अनुसार खत्री डोटीको शिखर नगरपालिका-११ की २५ वर्षीया शर्मिला थापाले चलाएको सु.प.प्र ०१–०१२ प ७११ नम्बरको मोटरसाइकलमा पछाडि बसेका थिए। 

दुर्घटनामा चालक थापा र सवार खत्री दुवै घाइते भए। उपचारका लागि माया मेट्रो अस्पताल धनगढी लगियो। तर उपचारका क्रममा खत्रीको बिहीबार साँझ ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। 

खत्री स्वास्थ्यकर्मी हुन। उनी बडिमालिका नगरपालिका-७ चुथीस्थित मार्तडी स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक थिए।

घाइते थापाको अवस्था मध्यम छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-५ का २५ वर्षीय पुरन शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया