Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

टिकटकमा कल्पना गरेको २ दिनपछि दुर्घटना, जनस्वास्थ्य निरीक्षकको निधन

टिकटकमा कल्पना गरेको २ दिनपछि दुर्घटना, जनस्वास्थ्य निरीक्षकको निधन

२३ सेकेन्डको टिकटक भिडिओ, जसमा राति मोटरसाइकलमा दुईजना यात्रा गरिरहेको दृश्य छ।

त्यही दृश्यमा एउटा आवाज गुञ्जिरहेको छ, ‘एक दिन मेरो ठूलो एक्सिडेन्ट होस्। म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुर्‍याउने जिम्मा तिमीलाई दिइयोस्। अनि तिमीसँग डाक्टरले भनोस् कि आइएम सरी, मैले हजुरको मान्छे बचाउन सकिनँ। तब तिमीलाई मेरो मायाको आभास हुनेछ र म सदाका लागि निदाउनेछु।’

दुई दिनअघि आफ्नो टिकटक अकाउन्टमा यस्तै भिडिओ राखेका थिए- बाजुराको बडिमालिका नगरपालिका-७ निवासी ३० वर्षीय धर्म खत्रीले। दुर्भाग्य! उनै खत्रीको बिहीबार मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ मा मोटरसाइकल दुर्घटना हुँदा घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार साँझ साढे ६ बजे धनगढी-३ को लक्ष्मी नर्सरीनजिक खत्री सवार मोटरसाइकललाई अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०१२ प ९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो। 

प्रहरीका अनुसार खत्री डोटीको शिखर नगरपालिका-११ की २५ वर्षीया शर्मिला थापाले चलाएको सु.प.प्र ०१–०१२ प ७११ नम्बरको मोटरसाइकलमा पछाडि बसेका थिए। 

दुर्घटनामा चालक थापा र सवार खत्री दुवै घाइते भए। उपचारका लागि माया मेट्रो अस्पताल धनगढी लगियो। तर उपचारका क्रममा खत्रीको बिहीबार साँझ ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। 

खत्री स्वास्थ्यकर्मी हुन। उनी बडिमालिका नगरपालिका-७ चुथीस्थित मार्तडी स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक थिए।

घाइते थापाको अवस्था मध्यम छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-५ का २५ वर्षीय पुरन शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया