Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगरले खोल्यो नगर प्रहरी भर्नाका लागि आवेदन

साँफेबगरले खोल्यो नगर प्रहरी भर्नाका लागि आवेदन

धनगढी– अछामको साँफेबगर नगरपालिकाले नगर प्रहरी भर्ना गर्न लागेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै नगरपालिकाले एक जना नगर प्रहरी प्रमुखसहित नौ जना नगर प्रहरी जवानका लागि आवेदन खोलेको हो ।

‘नगरपालिकाको मंसिर १८ गते बसेको दोस्रो कार्यपालिकाको चौथो बैठकको निर्णयअनुसार करारमार्फत प्रहरी पदपूर्ति गर्न लागेको छ’ नगरपालिकाद्धारा जारी सूचनामा भनिएको छ ।

नौ जना प्रहरी जवान माग गरेको नगरपालिकाले तीन जना महिला अनिवार्य गरेको छ ।

नगर प्रहरी प्रमुख  जवानका लागि १५ दिनभित्र आवेदन पेश गर्न नगरपालिकाले दरखास्त खोलेको जनाएको छ ।

नगर प्रहरी प्रमुखका लागि आवेदन दिन आठ सय र जवानका लागि पाँच सय शूल्क तिर्नुपर्ने सूचनामा उल्लेख छ । भनिएको छ –‘नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाको सेवाबाट सेवा निवृत तथा अनुभवीलाई विशेष ग्राहयता दिइने छ ।’

छनौटका लागि प्रारम्भिक स्वास्थ्य परिक्षण, शाररिक तन्दुरुस्ती, लिखित र मौखिक परिक्षा लिइन जनाइएको छ ।
 

प्रतिक्रिया