ताजा अपडेट
कञ्चनपुरमा प्रहरीले आफैंलाई गोली हाने
कैलाली । कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ आफैंमाथि गोली चलाएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्ष उमेश जोशीका अनुसार प्रहरी जवानले निधारमा गोली हानेका हुन् ।
जिप्रकाको प्रवन्ध शाखा ( भण्डार कक्षा)को जिम्मेवारीमा रहेका प्रहरी जवानले शाखामा कोही नभएको बेला त्यही रहेको पेस्तोलले आफूलाई गोली हानेका थिए ।
टाउकोमा गोली लागेका न्यौपानेलाई उपचारका लागि धनगढी स्थित नवजिव अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए। अहिले धनगढीबाट उनलाई थप उपचारको लागि नेपालगन्ज रेफरको तयारी भइरहेको छ ।
निधारको साइड बात गोली पार भएको छ हड्डीमा लागेको छ भित्र रगत जमेको छ मेडिकल अफिसर भीष्मा भट्टले भनिन्, ‘थप उपचारको लागि नेपालगन्जको तयारी हुँदै छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया