Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछामको कमलबजार विमानस्थलमा परीक्षण उडान सफल

अछामको कमलबजार विमानस्थलमा परीक्षण उडान सफल

 

धनगढी । अछामको कमलबजार विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । दिउँसो ३ बजे तारा एयरको जहाजमार्फत विमानस्थलमा परीक्षण उडान गरिएको हो । आज ११ बजे नै नेपालगञ्जबाट परीक्षण उडान गर्ने भनिएकोमा खराब मौसमका कारण ढिलो भएको हो । क्याप्टेन सञ्जिव श्रेष्ठले परीक्षण उडान सफल भएको बताउँदै कमलबजार विमानस्थलमा नियमित उडान गर्न समस्या नरहेको बताए । 

उनले धावनमार्ग कालोपत्रे भए झनै सहज हुने बताए । परीक्षण उडान सफल भएसंगै अर्को जहाजमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र राज्यमन्त्री अरुण चौधरी कमलबजार पुग्ने कार्यक्रम तय भएको छ ।

निर्माण सुरु भएको ३२ वर्षपछि विमानस्थलमा परीक्षण उडान भएको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार विमानस्थलको निर्माण २०४९ सालदेखि सुरु भएको थियो । 

निर्माण सम्पन्न भएर सञ्चालनको तयारी हुँदा तत्कालीन माओवादीले आक्रमण गर्दा विमानस्थलको रिपिटर टावर ध्वस्त भएपछि परीक्षण उडानसमेत भर्न नपाउँदै विमानस्थल बन्द भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले विमानस्थल ग्राभेल गरिएपछि परीक्षण उडान गरिएको हो । 

कमलबजार नगरपालिकाका मेयर ढकालले परीक्षण उडान सफल भएसंगै अब नियमित उडानका लागि प्रक्रिया अगाडि बढाउने बताए । ‘प्रत्येक शुक्रबार नेपालगञ्जबाट उडान भर्नका लागि छलफल चलाएका छौं,’ उनले भने, ‘विमानस्थलमा नियमित उडान भए अछाम र दैलेखका बासिन्दालाई सहज हुने छ ।’

 

प्रतिक्रिया

ट्रेन्डिङ