Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामको कमलबजार विमानस्थलमा परीक्षण उडान सफल

अछामको कमलबजार विमानस्थलमा परीक्षण उडान सफल

 

धनगढी । अछामको कमलबजार विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । दिउँसो ३ बजे तारा एयरको जहाजमार्फत विमानस्थलमा परीक्षण उडान गरिएको हो । आज ११ बजे नै नेपालगञ्जबाट परीक्षण उडान गर्ने भनिएकोमा खराब मौसमका कारण ढिलो भएको हो । क्याप्टेन सञ्जिव श्रेष्ठले परीक्षण उडान सफल भएको बताउँदै कमलबजार विमानस्थलमा नियमित उडान गर्न समस्या नरहेको बताए । 

उनले धावनमार्ग कालोपत्रे भए झनै सहज हुने बताए । परीक्षण उडान सफल भएसंगै अर्को जहाजमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र राज्यमन्त्री अरुण चौधरी कमलबजार पुग्ने कार्यक्रम तय भएको छ ।

निर्माण सुरु भएको ३२ वर्षपछि विमानस्थलमा परीक्षण उडान भएको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार विमानस्थलको निर्माण २०४९ सालदेखि सुरु भएको थियो । 

निर्माण सम्पन्न भएर सञ्चालनको तयारी हुँदा तत्कालीन माओवादीले आक्रमण गर्दा विमानस्थलको रिपिटर टावर ध्वस्त भएपछि परीक्षण उडानसमेत भर्न नपाउँदै विमानस्थल बन्द भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले विमानस्थल ग्राभेल गरिएपछि परीक्षण उडान गरिएको हो । 

कमलबजार नगरपालिकाका मेयर ढकालले परीक्षण उडान सफल भएसंगै अब नियमित उडानका लागि प्रक्रिया अगाडि बढाउने बताए । ‘प्रत्येक शुक्रबार नेपालगञ्जबाट उडान भर्नका लागि छलफल चलाएका छौं,’ उनले भने, ‘विमानस्थलमा नियमित उडान भए अछाम र दैलेखका बासिन्दालाई सहज हुने छ ।’

 

प्रतिक्रिया