Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

एमालेबाट कारबाही भएकालाई पार्टी प्रवेश गराउने देखि शहिद परिवारसंग भेटघाट

एमालेबाट कारबाही भएकालाई पार्टी प्रवेश गराउने देखि शहिद परिवारसंग भेटघाट

धनगढी– कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ (टाउन बजार)को खुल्ला मञ्चमा नेकपा माओवादी केन्द्रका  पार्टी अध्यक्ष पुष्पकमल दाहालले शनिबार सम्बोधन गरेका छन् ।

सम्बोधन गर्नुभन्दा पूर्व उनी पार्टी कार्यकर्ता, शुभचिन्तक, सुरक्षानिकायको घेराभित्रबाटै कञ्चनपुर जिल्लाको पुनर्वास  वडा नम्बर ९ को विचफाँटाको प्याराताल निरिक्षण गर्न पुग्न खोज्दा सुरक्षा निकायले असुरक्षा जानकारी दिएपछि त्यहाँबाट वडा नम्बर ८ को गोविन्द विकको घर पुगेका थिए ।

उनी पूर्व नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) हुन् । उनी कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा तस्करबाट मारिएका थिए । उनका परिवारलाई सान्तवना दिन प्रचण्ड त्यहाँ पुगेका हुन् ।

त्यस लगत्तै उनी पुनर्वास वडा नम्बर ४ जनकवस्तीमा भारतीय सुरक्षा निकायबाट मारिएका शहिद गोविन्द गौतमको शालिकमा मल्र्यापण गर्न पुगेका थिए । 

शहिद गौतम नेपाली भुमि भारतबाट अतिक्रमण आन्दोलनमा भारतीय सुरक्षाकर्मीबाट गोलि लागि मृत्यु भएको थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड त्यसलगत्तै त्रिभुवन वस्तीको खुल्ला मञ्चमा खबरदारी आम सभालाई सम्बोधन गर्न पुगेका थिए । 

सम्बोधन गर्नपूर्व नेकपा एमालेबाट कारबाही भएका र पार्टि हितविपरित कार्य गरेका तथा गत निर्वाचनमा पार्टीका विरुद्धमा उम्मेदवारी दिने र पार्टीलाई पराजय गराउन षडयन्त्र गरेकै कारण पार्टीले कारबाही गरेका व्यक्तिहरुलाई पार्टी प्रवेश गराएका थिए । ती र त्यस्ता व्यक्तिहरु जुनसुकै पार्टीमा गएतापनि एमालेलाई कुनै पनि असर नपर्ने नेकपा एमालेका पार्टी उपाध्यक्ष जनकराज अवस्थीले बताए ।

एमालेका पार्टी उपाध्यक्ष अवस्थीसंगको टेलिफोन वार्तामा सोध्दा ‘नेकपा एमाले भनेको एउटा सागर हो । सागरमा एक दुई सय लोटा पानी झिक्दा केही असर पर्दैन ।’

उपाध्यक्ष जनकले भने –‘आफनो इतिहास आफैले पढन जान्नुपर्छ । हिजो इतिहासमा हामीले के गर्यौ र कसरी पार्टीलाई अघि लग्यौं । जति पनि साथी जानु भयो उहाँहरुलाई नै थाहा होला । 

शनिबार माओवादी केन्द्रका अध्यक्ष पुनर्वासमा खबरदारी सभालाई सम्बोधन गर्न आएका थिए । एमाले उपाध्यक्ष अवस्थीले भने ‘२०६४ को इतिहास एक चोटी पल्टाउँदा हुन्छ । शनिबारको सम्बोधन जसरी गरेका छन् । जसरी बोलेका छन् प्रचण्डले कसलाई लग्यौ र कसरी लग्यौं माओवादी साथीहरुलाई थाहा होला ?’

प्रचण्डले आफनो सम्बोधनमा पुनर्वास नगरपालिकामा रहेको ग्रामिण आवास कम्पनिको नाममा दर्ता श्रेष्ता कायम भएको ६५ विगाह जग्गाको विषयमा समाधान गर्न पहल गरेको बताए ।

प्रचण्डको अभिव्यक्तिमा एक जना एमाले नेता भन्छन् –‘उनलाई सरकारमा बस्न नदिएको आक्रोस पोखिरहेका हुन् । उनी यतिखेर सडकमा भौत्तारिएको सत्ताको भोको राजनीतिज्ञ हुन् ।’

उनले भने –‘०८४ मा प्रचण्डको हैसियत कहाँ पुग्छ सायद उहाँलाई थाहा होला कि हामीलाई राम्रोसंग थाहा छ ।’

नेकपा एमालेबाट कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित नेता तारा लामा तामाङ्गले भने ‘०६४ देखि ०७९ सम्मको इतिहासमा नेकपा एमालेमा रहेर असहयोग गर्दै आइरहेको सर्वविविदतै छ । ०७० मा त उहाँहरुले काँग्रेसलाई सहयोग गरेको हो । ०७९ को स्थानीय तह निर्वाचनमा विद्रोह गरेर पनि जानुभयो ।’

उनले भने –‘माओवादीलाई लाग्न सक्छ । ठुलो शक्ति ल्यायौ । तर, बन्चरोले दाउरा चिर्छ । दाउरामा बन्चरो परेन भने आफनै खुट्टा काट्छ । माओवादीहरुले त्यही सोचे हुन्छ ।’

खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने –‘सुशासन विरोधी भ्रष्टाचारका पक्षधरहरुले सरकारमा बस्न दिएन् । प्रतिपक्षी दलको नेताको हैसियतले तपाइहरुको पक्षमा काम गर्ने छौं । माओवादी पार्टी एक भयो भनेमात्र सामाजिक न्याय हुने छ । समाजवादको आधार तय हुने छ । अहिले देशभरी माओवादीमा आउनेको लहर चलेको छ ।’

उनले आफु सरकारमा भए भ्रष्टाचारका सम्पूर्ण कागज खोल्ने बताउँदै –‘गिरिबन्धुको फाइल खोलिने छ । ओमनी, बाइडबडीको भ्रष्टाचारलाई छोडिने छैन् । यो सबैको निम्ती माओवादीलाई बलियो बनाउनुपर्ने छ । भ्रष्टाचारीहरुलाई लख्ट्ने प्रक्रिया हुने छ र शुशासनको युगको शुरुवात हुने छ ।’

सेती महाकालीलाई न्याय दिनका लागै जनयुद्ध शुरु गरेको उनले बताए । ‘जबसम्म सेती महाकालीको विकास हुँदैन् । पुनर्वासको विकासका समस्या समाधान हुँदैन । तबसम्म म विश्राम लिने छैन् । म तपाईहरुलाई विश्वास दिन चाहन्छु ।’
 

प्रतिक्रिया