Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भीम रावललाई विष्णु रिमालको चुनौती : ह्याउ भए आफ्नो घर बनाएर देखाऊ !

भीम रावललाई विष्णु रिमालको चुनौती : ह्याउ भए आफ्नो घर बनाएर देखाऊ !

काठमाडौँ । एमाले उपमहासचिव विष्णु रिमालले पार्टीले हटाएका पूर्वउपाध्यक्ष भीम रावललाई ह्याउ भए पार्टी गठन (आफ्नो घर निर्माण) गरेर देखाउन चुनौती दिएका छन् । 

आइतबार बिहान सामाजिक सञ्जालमा रावलप्रति कटाक्ष गर्दै रिमालले ३९ सालयता आफूहरू निरन्तर पार्टी सङ्गठन निर्माणमा लागिरहेको तर रावल सधैँ पार्टीभित्र विवादका लागि मौकाको खोजीमा रहेको आरोप लगाएका छन् ।

कवितात्मक शैलीमा रिमालले लेखेका छन्,‘अनवरत ‘किच–किच’ गरेर बसिरहे । प्रत्येक चुनौती चिर्दै पार्टीले उचाइ छोएको बेला, सुरु भएको विवादमा, हामी एकताको पक्षमा उभियौँ । उनले विभाजनको बाटो रोजे । बाटो मात्र रोजेनन्, त्यस समूहलाई पनि बिचमै छोडे, अन्तै दौडिए ।’

उनले रावललाई चुनौती दिँदै भनेका छन्, ‘अरे यार ! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर ! आफ्नो घरको मझेरीमा, आँगनमा, गन्द्रयाङ, गुन्द्रुङ गरिरहेका तिम्रा ‘हाँडा–भाँडाहरू, बज्न नदेऊ न ! ढोका खोलुन् कि छेस्किनी लाउन्, अरूले उनीहरूका घरमा, जे गरुन् बाल मतलब !’

रिमालले रावललक्षित टिप्पणी यसरी गरेका छन् 

उनी पो निसासिए रे !

उननचालीस सालदेखि यता 

हामी निरन्तर पार्टी सङ्गठन निर्माणमा लागि रह्यौँ,

पार्टी भित्र सधैँ उनी—

विवादका लागि मौकाको खोजीमा रहे,  

अनवरत ‘किच–किच’ गरेर बसिरहे।

प्रत्येक चुनौती चिर्दै 

पार्टीले उचाइ छोएको बेला, 

सुरु भएको विवादमा,

हामी एकताको पक्षमा उभियौँ, 

उनले विभाजनको बाटो रोजे ।

बाटो मात्र रोजेनन्, 

त्यस समूहलाई पनि बिचमै छोडे– अन्तै दौडिए।

’आदर्श’का गफ र ’अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।

एक समय फेरि आयो, 

पार्टीमा बहस–विवाद सुरु भयो ।

’जोरीपारी’हरु– 

‘एमाले विनाको राजनीति’को खेतीमा लागे,

उनी ’ओली विनाको एमाले’ भन्दै उफ्रिए ।

विभाजनको लागि कसैलाई उचाले– 

एकता भन्दै आफू अर्कातिर अल्झिए ।

मौसम छ्याङ्ग भएपछि, 

फेरि नयाँ चुनौती सामना गर्ने बेलामा—

छोडे, दौडिए— पार्टीकै विरुद्ध खनिए ।

सानै सही—

असहमत ’अरूहरू’ले दुःखैले बनाएको घरमा

लुसुक्क छिरे– 

‘बन साङ्ला’ले ’घर साङ्ला’लाई लखेटे झैँ

उल्टै हाकिम पल्टिए ।

अहिले फेरि उनलाई लागेछ क्यारे–

कतै ‘टाँड’ पो पर्छ कि?!

कतै औँला घुसार्न पो मिल्छ कि?!

अनि भन्न थाले छन् फेरि–

‘ओलीले छोड्नु पर्छ, उकुसमुकुस भएको छ ।’

अरे यार !

ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर !

आफ्नो घरको मझेरीमा, आँगनमा, 

गन्द्रयाङ, गुन्द्रुङ गरिरहेका तिम्रा ‘हाँडा–भाँडा’हरू 

बज्न नदेऊ न !

ढोका खोलुन् कि– छेस्किनी लाउन्,

अरूले उनीहरूका घरमा, 

जे गरुन्–बाल मतलब !

प्रतिक्रिया