Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आगामी राजनीतिक यात्राबारे भीम रावलको निवासमा छलफल

आगामी राजनीतिक यात्राबारे भीम रावलको निवासमा छलफल

एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले भेटघाटलाई तीब्र बनाएका छन् । डडेलधुराका दुई प्रभावशाली नेता पूर्वसांसद् कर्ण मल्ल र स्वतन्त्र सांसद् डा. तारा जोशीसँग आज भेटवार्ता गरेका हुन् ।

सुदूरपश्चि प्रदेशका सबै जिल्लामा ‘राम्रो प्रभाव’ रहेका ती नेताहरू एकाबिहानै नेता रावललाई भेट्न उनको निवास टोखा पुगेका थिए । दुई दशकसम्म काँग्रेस सभापति शेरबहादुर देउवाको चुनावी कमाण्डर बनिसकेका मल्ल र एमाले हुँदै ‘स्वतन्त्र सांसद्’ बनेका जोशीले रावलको भावी राजनैतिक कदमबारे आफूहरू सकारात्मक रहेको जानकारी दिएका छन् ।

एमालेभित्र विद्रोहको तयारी भइरहेको भनिएको समयमा डडेलधुराका दुई नेताको उपस्थितिले रावल समूहमा थप उत्साह थपेको छ । ‘कर्ण दाइ र तारा दाइ डडेलधुराको कामकाजी नेता हुनुहुन्छ । उहाँहरूले रावल कमरेडलाई समर्थन जनाइरहनुभएको छ । हामी निकै खुसी छौँ,’ रावलनिकट एक केन्द्रीय सदस्यले भने ।

अध्यक्ष केपी शर्मा ओलीको ‘कार्यशैली’को आलोचना गर्दा एमालेबाट निकालिएका नेता रावलले आगामी ‘राजनीतिक यात्रा’बारे नेता–कार्यकर्तासँगको परामर्शलाई थप गति दिएका छन् ।

प्रतिक्रिया