ताजा अपडेट
कञ्चनपुरमा प्रहरी हौं भन्दै गरियो किशोरीको अपहरण
धनगढी । कञ्चनपुरमा किशोरी अपहरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका– १६ बस्ने ३५ वर्षीय महेशसिंह खत्री र ३३ वर्षीय धुर्व जोशीलाई प्रहरीले किशोरी अपहरण गरेको आरोपमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार दुबै जनाले १६ वर्षीया किशोरीलाई अपहरण गरी बन्धक बनाएको आरोप लागेको छ ।
‘दुबै जनाले १३ गते राति भीमदत्त नगरपालिका– ६ स्थित शिव मन्दिर नजिक नहरमा साथीसंग हिडिरहेको अवस्थामा हामी प्रहरी हौं भन्दै ती किशोरीलाई लगेर गएका रहेछन्,’ डीएसपी जोशीले भने, ‘उक्त सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पीडित किशोरीलाई १४ गते बिहान वडा नम्बर १६ वसन्तपुरबाट उद्दार गरेको हो ।’
दुबै जनालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरअन्तर्गत जिल्ला अदालत कञ्चनपुरबाट सात दिन म्याद थप गर्दै अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया