Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कञ्चनपुरमा प्रहरी हौं भन्दै गरियो किशोरीको अपहरण

कञ्चनपुरमा प्रहरी हौं भन्दै गरियो किशोरीको अपहरण

धनगढी । कञ्चनपुरमा किशोरी अपहरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका– १६ बस्ने ३५ वर्षीय महेशसिंह खत्री र ३३ वर्षीय धुर्व जोशीलाई प्रहरीले किशोरी अपहरण गरेको आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार दुबै जनाले १६ वर्षीया किशोरीलाई अपहरण गरी बन्धक बनाएको आरोप लागेको छ ।

‘दुबै जनाले १३ गते राति भीमदत्त नगरपालिका– ६ स्थित शिव मन्दिर नजिक नहरमा साथीसंग हिडिरहेको अवस्थामा हामी प्रहरी हौं भन्दै ती किशोरीलाई लगेर गएका रहेछन्,’ डीएसपी जोशीले भने, ‘उक्त सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पीडित किशोरीलाई १४ गते बिहान वडा नम्बर १६ वसन्तपुरबाट उद्दार गरेको हो ।’

दुबै जनालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरअन्तर्गत जिल्ला अदालत कञ्चनपुरबाट सात दिन म्याद थप गर्दै अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए ।

 

प्रतिक्रिया