Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

महाकालीमा जलयात्राको सुरुवात, चार पालिकाकाे यस्तो प्रतिवद्वता

महाकालीमा जलयात्राको सुरुवात, चार पालिकाकाे यस्तो प्रतिवद्वता

धनगढी । नेपाल–भारत सीमा नदी महाकालीमा व्यवसायिक रुपमा र्‍याफ्टिङको सुरुवात गरिएको छ । डडेल्धुराको परशुराम नगरपालिकामा भएको दुई दिने मेयर सम्मेलनको समापनपछि महाकाली नदीमा व्यवसायिक र्‍याफ्टिङ अर्थात् जलयात्राको सुरुवात गरिएको हो । परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले निजी क्षेत्रको सहयोगमा अहिले नगरपालिकासँग दुई वटा र्‍याफ्ट रहेको बताउँदै महाकाली नदीमा जलयात्रा प्रवद्र्धन तथा दिगो पर्यटन विकासका लागि महाकाली घोषणापत्र पनि जारी गरिएको जानकारी दिए । 

‘डडेल्धुराको परशुराम नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका, बैतडीको दशरथ चन्द नगरपालिका र दार्चुलाको महाकाली नगरपालिकाले निजी क्षेत्रसंगको साझेदारीमा महाकाली नदीमा बहुउद्देश्यि जलयात्रा सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गरेका छन्,’ मेयर जोशीले भने, ‘परशुराम नगरपालिकाले जलयात्रा मंगलबारदेखि  र्‍याफ्टिङ सुरु गरिसकेको छ । संगै नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को सहयोगमा प्रशिक्षण पनि सञ्चालन भइरहेको छ ।’

मेयर जोशीका अनुसार महाकालीमा ¥याफ्टिङ सञ्चालनका नौं वर्षअघि नै परीक्षण गरिएको थियो । ‘विश्व पानी दिवसका दिन परशुराम नगरपालिका–५ मा अवस्थित परशुराम धामदेखि कञ्चनपुरको भीमदत्त नगरपालिकाको खल्ला मसेट्टीसम्म दुई पटक नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको थियो,’ जोशीले भने, ‘अब भने व्यवसायिक रुपमा सूरु भएको हो ।’ मेयर जोशीका अनुसार महाकाली नदीमा बहुउद्देश्यि जलयात्रलाई दिगो बनाउन निजी क्षेत्रसँगको साझेदारीलाई जोड दिने प्रतिबद्धता पनि चार पालिकाले गरेका छन् । 

‘नदी तटीय क्षेत्रको रोजगारीलाई प्रर्वद्धन गर्न कन्चनपुर देखि दार्चुलासम्मका धार्मिक, साँस्कृतिक र ऐतिहासिक स्थानहरुको पहिचान गरी, पूर्वाधार निर्माण कार्यमा जोड दिँदै जलयात्रालाई राष्ट्रिय तथा अन्र्तराष्ट्रियकरण गर्दै लैजान प्रतिबद्धता पनि व्यक्त भएको छ,’ उनले भने । परशुराम धाममा आयोजित दुई दिने मेयर सम्मेलन पनि मंगलबार सम्पन्न भएको छ ।

प्रतिक्रिया