Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २६ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

महाकालीमा जलयात्राको सुरुवात, चार पालिकाकाे यस्तो प्रतिवद्वता

महाकालीमा जलयात्राको सुरुवात, चार पालिकाकाे यस्तो प्रतिवद्वता

धनगढी । नेपाल–भारत सीमा नदी महाकालीमा व्यवसायिक रुपमा र्‍याफ्टिङको सुरुवात गरिएको छ । डडेल्धुराको परशुराम नगरपालिकामा भएको दुई दिने मेयर सम्मेलनको समापनपछि महाकाली नदीमा व्यवसायिक र्‍याफ्टिङ अर्थात् जलयात्राको सुरुवात गरिएको हो । परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले निजी क्षेत्रको सहयोगमा अहिले नगरपालिकासँग दुई वटा र्‍याफ्ट रहेको बताउँदै महाकाली नदीमा जलयात्रा प्रवद्र्धन तथा दिगो पर्यटन विकासका लागि महाकाली घोषणापत्र पनि जारी गरिएको जानकारी दिए । 

‘डडेल्धुराको परशुराम नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका, बैतडीको दशरथ चन्द नगरपालिका र दार्चुलाको महाकाली नगरपालिकाले निजी क्षेत्रसंगको साझेदारीमा महाकाली नदीमा बहुउद्देश्यि जलयात्रा सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गरेका छन्,’ मेयर जोशीले भने, ‘परशुराम नगरपालिकाले जलयात्रा मंगलबारदेखि  र्‍याफ्टिङ सुरु गरिसकेको छ । संगै नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को सहयोगमा प्रशिक्षण पनि सञ्चालन भइरहेको छ ।’

मेयर जोशीका अनुसार महाकालीमा ¥याफ्टिङ सञ्चालनका नौं वर्षअघि नै परीक्षण गरिएको थियो । ‘विश्व पानी दिवसका दिन परशुराम नगरपालिका–५ मा अवस्थित परशुराम धामदेखि कञ्चनपुरको भीमदत्त नगरपालिकाको खल्ला मसेट्टीसम्म दुई पटक नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको थियो,’ जोशीले भने, ‘अब भने व्यवसायिक रुपमा सूरु भएको हो ।’ मेयर जोशीका अनुसार महाकाली नदीमा बहुउद्देश्यि जलयात्रलाई दिगो बनाउन निजी क्षेत्रसँगको साझेदारीलाई जोड दिने प्रतिबद्धता पनि चार पालिकाले गरेका छन् । 

‘नदी तटीय क्षेत्रको रोजगारीलाई प्रर्वद्धन गर्न कन्चनपुर देखि दार्चुलासम्मका धार्मिक, साँस्कृतिक र ऐतिहासिक स्थानहरुको पहिचान गरी, पूर्वाधार निर्माण कार्यमा जोड दिँदै जलयात्रालाई राष्ट्रिय तथा अन्र्तराष्ट्रियकरण गर्दै लैजान प्रतिबद्धता पनि व्यक्त भएको छ,’ उनले भने । परशुराम धाममा आयोजित दुई दिने मेयर सम्मेलन पनि मंगलबार सम्पन्न भएको छ ।

प्रतिक्रिया