Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २४ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

ठेकेदारको दादागिरी : महाकाली पुलको पहुँचमार्ग भत्काइयो

ठेकेदारको दादागिरी : महाकाली पुलको पहुँचमार्ग भत्काइयो

कञ्चनपुरमा निर्माण (ठेकेदार) कम्पनीले महाकाली नदीमा निर्माणाधीन चार लेन पक्की पुलको पहुँचमार्ग (सडक) भत्काइदिएको छ । कुमार सिएफइसी ज्वाइन्ट भेन्चरले बुधबार दोधारा–चाँदनी नगरपालिकास्थित महाकाली पुलवारिपारि सडक खनेर पहुँचमार्ग एकतर्फी अवरोध गरेको हो । प्रहरीले निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेसहित दुईजनालाई नियन्त्रणमा लिएर छाडेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले निर्माण कम्पनीका अधिकारीलाई नियन्त्रणमा लिएकामा सडक बन्द नगर्ने सर्तमा छाडिएको बताए । 

पुल निर्माण र पहुँचमार्ग निर्माणको ठेक्का पाएको कम्पनीले भने स्थानीयको दबाब थेग्न नसकेपछि पहुँचमार्ग भत्काउनुपरेको तर्क गरेको छ । इन्जिनियर पाण्डेयका अनुसार पुलसम्म जोड्ने पहुँचमार्गको गड्डाचौकी क्षेत्रमा केही स्थानीयले दुई सय मिटर सडक कालोपत्रे गर्न नदिएको भन्दै दबाबस्वरूप सडक खनिएको हो । त्यस्तै, चौथो भेरिएसन स्वीकृत नहुँदा अतिरिक्त काम रोकिएकाले सरकारलाई दबाब दिन खोजिएको उनले बताए । ‘गड्डाचौकीमा पहुँच मार्गको बेस निर्माण भइसकेको छ, तर स्थानीयले अवरोध गरेपछि हामीले कालोपत्रे गर्न सकेका छैनौँ,’ पाण्डेले भने, ‘हामीले पठाएको चौथो भेरिएसन पनि स्वीकृत भएको छैन, त्यो नहुँदा गत भदौमा आएको बाढीले भत्काएको गाइडबन्ड पुनर्निर्माण गर्न सकेका छैनौँ ।’ 

हुन त निर्माण कम्पनी कुमार सिएफइसी ज्वाइन्ट भेन्चरले ४ पुसमा महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरलाई पत्र काट्दै गड्डाचौकीको बाधा–अड्चन नखुले पुल बन्द गर्न चेतावनी दिएको थियो । ९ पुसमा आयोजना कार्यालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्र पठाउँदै गड्डाचौकीमा सडक अवरोध भएकाले सहजीकरणका लागि पत्राचार गरिएको थियो । आयोजना प्रमुख विवशबाबु सहादेवले हस्ताक्षर गरेको पत्रमा गड्डाचौकीदेखि दक्षिण दुई सय मिटर निर्माणमा अवरोध भएकाले आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गरिएको थियो । 

महाकाली पुल आयोजना कार्यालयका सहायक सूचना अधिकारी दुर्गादत्त अवस्थीले गड्डाचौकीको अवरोध खुलाउने प्रयास नभएर १३ करोड रकम फ्रिज जाने भएकाले चाँडो सहजीकरण हुनुपर्ने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले पुलको पहुँचमार्ग निर्माणमा अवरोधदेखि चौथो भेरिएसनबारे भौतिक पूर्वाधार मन्त्रालयका सचिव र यातायात विभागका महानिर्देशकको ध्यानाकर्षण गराइएको बताए ।

भीमदत्त नगरपालिका– ११ गड्डाचौकीका स्थानीय भूपेन्द्र क्षेत्रीले गड्डाचौकी क्षेत्रमा पनि बाइपास सडक निर्माणको माग गरिएको बताए । ‘चार लेन पुलदेखि पहुँचमार्गअन्तर्गत गड्डाचौकीसम्म दायाँबायाँ क्षेत्रमा बाइपास निर्माण गरिएको छ । हाम्रोतिर छैन, पुरानो सडक सुचारुका लागि पूर्व–पश्चिम बाइपास निर्माण गर्नुपर्ने माग मात्र हो,’ उनले भने । 

प्रतिक्रिया