Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने दुई जना पक्राउ

कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने दुई जना पक्राउ

नवलपुर  : निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन्।

पाँच वटा कुकुरको बच्चा र एउटा माउ मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नवलपरासी सुस्ता गाउँपालिका-५ बेलवानी बस्ने अन्दाजी ३३ वर्षीय राजकुमार सारु मगर र सोही ठाउँका २८ वर्षीय अमनकुमार चिडी मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश बोहोराले जानकारी दिए। 

अमन र  राजकुमारले नारायणी नदीको छेउ ठांडीघाटस्थित ५ नम्बर ठोक्कर नदीको छेउमा पुस १३ गते कुकुर र कुकुरका बच्चा मार्दै गरेकोमा भिडियो बनाई आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट पोष्ट गरेका थिए।

उक्त भिडियोपछि कुकुर मार्नेहरूको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने आवाज चर्को गरी उठेको थियो। 

उनीहरूलाई जिल्ला अदालत परासीबाट पशुपन्छीसम्बन्धी कसुरमा सात दिनको म्याद थपी इलाका प्रहरी कार्यालय बेलाटारीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया