ताजा अपडेट
तराईमा अझै केही दिन हुस्सु लाग्ने

काठमाण्डौ – तराईमा अझै केही दिन हुस्सु लाग्ने मौसमविद्ले बताएका छन् । भोलि र पर्सि केही कम भए पनि आइतवारदेखि फेरि बढ्ने मौसमविद्को अनुमान छ ।
तराईका विभिन्न ठाउँमा गएको सोमवारदेखि हुस्सु र स्याँठसँगै चिसो बढेको छ । बाक्लो हुस्सु र स्याँठका कारण अत्यावश्यक काम परेर घरबाहिर निस्कनुुपर्नेलाई सास्ती भएको छ ।
केही दिनदेखि बिहानपख तराईका धेरैजसो ठाउँमा हुस्सु र उपत्यका तथा बेँसी क्षेत्रमा कुहिरो लाग्ने गरेको छ ।
आज लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी अरु भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया