ताजा अपडेट
तराईमा अझै केही दिन हुस्सु लाग्ने
काठमाण्डौ – तराईमा अझै केही दिन हुस्सु लाग्ने मौसमविद्ले बताएका छन् । भोलि र पर्सि केही कम भए पनि आइतवारदेखि फेरि बढ्ने मौसमविद्को अनुमान छ ।
तराईका विभिन्न ठाउँमा गएको सोमवारदेखि हुस्सु र स्याँठसँगै चिसो बढेको छ । बाक्लो हुस्सु र स्याँठका कारण अत्यावश्यक काम परेर घरबाहिर निस्कनुुपर्नेलाई सास्ती भएको छ ।
केही दिनदेखि बिहानपख तराईका धेरैजसो ठाउँमा हुस्सु र उपत्यका तथा बेँसी क्षेत्रमा कुहिरो लाग्ने गरेको छ ।
आज लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी अरु भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया