Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

बिग्रिएको पीसीआर मेसिन बनेपछि फेरि सुरु भयाे स्वाब सङ्कलन

बिग्रिएको पीसीआर मेसिन बनेपछि फेरि सुरु भयाे स्वाब सङ्कलन

डोटी – गएको शनिबार दिउँसो बिग्रिएको जिल्ला अस्पताल डोटीको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन दुई दिनपछि बनेको छ । पीसीआर परीक्षणको काम भइरहेकै बेला शनिबार दिउँसो मेसिनबाट धुवाँ निस्किएपछि काम पूर्णरुपमा ठप्प भएको थियो । प्राविधिक टोलीले पावर सर्किट मर्मत गरेपछि मेसिन फेरि सञ्चालनमा आएको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिनुभयो । मेसिन मर्मतका लागि जिल्ला आएको बायो मेडिकल इन्जिनियर जय साउँदको टोलीले मेसिन मर्मत गरेको हो । 

पीसीआर मेसिन बिग्रिएपछि डोटीमा जिल्लामा सङ्कलन गरिएको स्वाब परीक्षण को कार्य पनि दुई दिनसम्म रोकिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा एक करोड ५० लाख रुपैयाँमा गएको भदौ २ गते मेसिन जडान गरिएको थियो । 

जिल्ला अस्पतालमा पीसीआर मेसिन बिग्रिएपछि कोरोना परीक्षणको लागि डोटीमा सङ्कलन भएका कैयौँ स्वाब कैलालीको धनगढी प्रयोगशाला र डडेल्धुराको उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य प्रमुख मलासीले बताउनुभयो ।  उज्यालो अनलाईन

प्रतिक्रिया