Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बिग्रिएको पीसीआर मेसिन बनेपछि फेरि सुरु भयाे स्वाब सङ्कलन

बिग्रिएको पीसीआर मेसिन बनेपछि फेरि सुरु भयाे स्वाब सङ्कलन

डोटी – गएको शनिबार दिउँसो बिग्रिएको जिल्ला अस्पताल डोटीको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन दुई दिनपछि बनेको छ । पीसीआर परीक्षणको काम भइरहेकै बेला शनिबार दिउँसो मेसिनबाट धुवाँ निस्किएपछि काम पूर्णरुपमा ठप्प भएको थियो । प्राविधिक टोलीले पावर सर्किट मर्मत गरेपछि मेसिन फेरि सञ्चालनमा आएको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिनुभयो । मेसिन मर्मतका लागि जिल्ला आएको बायो मेडिकल इन्जिनियर जय साउँदको टोलीले मेसिन मर्मत गरेको हो । 

पीसीआर मेसिन बिग्रिएपछि डोटीमा जिल्लामा सङ्कलन गरिएको स्वाब परीक्षण को कार्य पनि दुई दिनसम्म रोकिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा एक करोड ५० लाख रुपैयाँमा गएको भदौ २ गते मेसिन जडान गरिएको थियो । 

जिल्ला अस्पतालमा पीसीआर मेसिन बिग्रिएपछि कोरोना परीक्षणको लागि डोटीमा सङ्कलन भएका कैयौँ स्वाब कैलालीको धनगढी प्रयोगशाला र डडेल्धुराको उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य प्रमुख मलासीले बताउनुभयो ।  उज्यालो अनलाईन

प्रतिक्रिया