ताजा अपडेट
डोटीमा महिलाको शंकास्पद मृत्यु, श्रीमान् पक्राउ
डोटी- डोटीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका– ६ दल्लेखमा २३ वर्षीय शान्ति नेपालीको शनिबार शंकास्पद मृत्यु भएको हो ।
नेपालीको मृत्युपछि प्रहरीले उनका श्रीमान भीम नेपालीलाई पक्राउ गरेको छ । महिलाको मृत्युको कारण नखुलाई सतगतको तयारी गरिएपछि माइती पक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक डिएसपी भिमलाल भट्टराईले मृतकका काका नाता पर्ने लाले नेपालीले प्रहरी चौकीमा जानकारी गराएपछि मृतकका श्रीमानलाई नियन्त्रणमा लिइएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया