Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अस्ट्रेलियाले जित्यो भारतविरुद्धको टेस्ट सिरिज

अस्ट्रेलियाले जित्यो भारतविरुद्धको टेस्ट सिरिज

काठमाडौँ — अस्ट्रेलियाले पाँचौं, अन्तिम तथा निर्णायक टेस्टमा आइतबार भारतलाई ६ विकेटले पराजित गरेको छ । सिडनी क्रिकेट मैदानमा जितका लागि १ सय ६२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले चार विकेट गुमाएर त्यसलाई प्राप्त गरेको थियो ।

यससँगै अस्ट्रेलियाले सिरिज ३–१ ले जितेको छ र बोर्डर–गावस्कर ट्रफि आफ्नो नाममा लेखाएको छ । अस्ट्रेलियाले भारतलाई टेस्ट सिरिजमा हराएको यो १० वर्षयता पहिलो पटक हो । उसका लागि बेउ वेबस्टरले ३९ र ट्रेभिस हेडले ३४ रन बनाए ।

उनीहरूले पाँचौं विकेटका लागि ५८ रनको नटआउट साझेदारी गरे । घरेलु टिममका लागि ओपनर उस्मन ख्वाजाले सर्वाधिक ४१ रन बनाए । यस्तै, अर्को ओपनर साम कोन्टासले २२ रनको योगदान दिए । भारतीय बलरमध्ये प्रसिद्ध कृष्णले ३ विकेट लिए ।

यसअघि भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ५७ रन बनाएर अलआउट भएको थियो । भारतले ६ विकेट गुमाएर १ सय ४१ रन बनाएर दिनको सुरु गरेको थियो र टिम अस्ट्रेलियाली धारिलो बलिङसामु लामो समय टिकेन् र चाँडै सबै विकेट गुमायो ।

अस्ट्रेलियाका लागि स्कट बोलान्डले ४५ रनमा ६ विकेट लिए । यस्तै प्याट कमिन्सले ४४ रनमा तीन विकेट लिए । भारतले आफ्नो पहिलो इनिङ्समा १ सय ८५ रन बनाएपछि अस्ट्रेलियाले त्यसको जवाफमा १ सय ८१ रन बनाएको थियो । भारतले बोर्डर–गावस्कर ट्रफि जित्ने हो भने सिड्नी टेस्ट जित्न आवश्यक थियो । तर त्यसलाई अस्ट्रेलियाले पूरा हुन दिएन।

 

प्रतिक्रिया