Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अस्ट्रेलियाले जित्यो भारतविरुद्धको टेस्ट सिरिज

अस्ट्रेलियाले जित्यो भारतविरुद्धको टेस्ट सिरिज

काठमाडौँ — अस्ट्रेलियाले पाँचौं, अन्तिम तथा निर्णायक टेस्टमा आइतबार भारतलाई ६ विकेटले पराजित गरेको छ । सिडनी क्रिकेट मैदानमा जितका लागि १ सय ६२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले चार विकेट गुमाएर त्यसलाई प्राप्त गरेको थियो ।

यससँगै अस्ट्रेलियाले सिरिज ३–१ ले जितेको छ र बोर्डर–गावस्कर ट्रफि आफ्नो नाममा लेखाएको छ । अस्ट्रेलियाले भारतलाई टेस्ट सिरिजमा हराएको यो १० वर्षयता पहिलो पटक हो । उसका लागि बेउ वेबस्टरले ३९ र ट्रेभिस हेडले ३४ रन बनाए ।

उनीहरूले पाँचौं विकेटका लागि ५८ रनको नटआउट साझेदारी गरे । घरेलु टिममका लागि ओपनर उस्मन ख्वाजाले सर्वाधिक ४१ रन बनाए । यस्तै, अर्को ओपनर साम कोन्टासले २२ रनको योगदान दिए । भारतीय बलरमध्ये प्रसिद्ध कृष्णले ३ विकेट लिए ।

यसअघि भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ५७ रन बनाएर अलआउट भएको थियो । भारतले ६ विकेट गुमाएर १ सय ४१ रन बनाएर दिनको सुरु गरेको थियो र टिम अस्ट्रेलियाली धारिलो बलिङसामु लामो समय टिकेन् र चाँडै सबै विकेट गुमायो ।

अस्ट्रेलियाका लागि स्कट बोलान्डले ४५ रनमा ६ विकेट लिए । यस्तै प्याट कमिन्सले ४४ रनमा तीन विकेट लिए । भारतले आफ्नो पहिलो इनिङ्समा १ सय ८५ रन बनाएपछि अस्ट्रेलियाले त्यसको जवाफमा १ सय ८१ रन बनाएको थियो । भारतले बोर्डर–गावस्कर ट्रफि जित्ने हो भने सिड्नी टेस्ट जित्न आवश्यक थियो । तर त्यसलाई अस्ट्रेलियाले पूरा हुन दिएन।

 

प्रतिक्रिया

ट्रेन्डिङ