Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

उत्तर प्रदेशः बिहे भइरहेका बेला नगद र गरगहना लिएर बेहुली फरार!

उत्तर प्रदेशः बिहे भइरहेका बेला नगद र गरगहना लिएर बेहुली फरार!

भारतको उत्तर प्रदेशको गोरखपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ। जहाँ बिहेका क्रममा बेहुली नगद र गरगहना लिएर भागेकी छन्।

बेहुलीसँगै उनकी आमा पनि विवाहस्थलबाट बेपत्ता भइन्। यसपछि बेहुला कुर्छन् तर बेहुली फर्किनन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार घटना गोरखपुर खजनी क्षेत्रको हो। जहाँ ४० वर्षीय किसान आफ्नो दोस्रो विवाहको अनुष्ठान पूरा गरिरहेका थिए।

सीतापुरको गोविन्दपुर गाउँका बासिन्दा उनकी पहिलो श्रीमतीको केही समयअघि मृत्यु भएको थियो। त्यसपछि उनले ३० हजार रुपैयाँ दिएर मध्यस्थकर्ताको सहयोगमा दोस्रो बिहेको चाँजोपाँजो मिलाएका थिए। 

बेहुलाले विवाहअघि बेहुलीलाई साडी र गहना दिएका थिए। बिहे खर्च पनि बेहुलाले नै बेहोरेका थिए। 

यसपछि बेहुली परिवारका सदस्यसँग विवाह गर्न मन्दिर पुगिन्। उनी आफ्नी आमासँग थिइन्। 

तर बिहेको संस्कार सुरु हुनेबित्तिकै शौचालय जाने बहाना बनाएर दुलही फरार भएकी हुन्। यसै क्रममा उनकी आमा पनि बेपत्ता भइन्।

 

प्रतिक्रिया

ट्रेन्डिङ