ताजा अपडेट
धनगढीकाे जाखाेर तालकाे जंगलमा युवतीमाथि पटक-पटक बलात्कार गर्ने युवक पक्राउ
धनगढी- धनगढीमा युवतीमाथि बलात्कार गरेकाे आराेपमा एक जनालाई पक्राउ गरिएकाे छ ।
धनगढी उपमहानगरपालिका-१२ मनहेरा बस्ने १८ वर्षीया युवतीमाथि जबर्जस्तीकरणी गरेकाे अभियाेगमा गाैरीगंगा नगरपालिकाकाे बनबेहडाका २७ वर्षीय अशाेक भनिने हरिराम चाैधरीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले युवतीले युवकले आफूलाई धनगढीकाे जाखाेर तालकाे जंगलमा लगेर पटक-पटक बलात्कार गरेकाे भन्दै किटानी जाहेरी दिएकी थिइन् ।
साेही आधारमा आराेपीतलाई पक्राउ गरिएको डीएसपी बाेहराले बताए । पीडितले आफूमाथि बैशाखदेखि भदौसम्म बलात्कार भएकाे दाबी गरेकी छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया