ताजा अपडेट
अमेरिकामा भीषण हिमआँधी, ७ राज्यमा आपत्काल घोषणा
अमेरिकामा आएको भीषण हिमआँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपत्काल घोषणा गरिएको छ ।
बीबीसीका अनुसार केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी र मिसौरीलगायत धेरै राज्यले आपत्काल घोषणा गरेका छन्।
भारी हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन्। प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ।
सयौँ उडान रद्द गर्नुपरेको छ भने विद्यालयहरू बन्द गरिएका छन्।
भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ।
हिमपातबाट अमेरिकाका दुई राज्य कन्सास र मिसौरी सबैभन्दा बढी प्रभावित छन्। त्यहाँ आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिउँ जमेको छ।
कान्सासका अधिकारी ब्रायन प्लाटले भने, ‘पछिल्लो ३२ वर्षमा मैले १० इन्च हिमपात देखेको छैन।’
अमेरिकी मौसम विभागले देशको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने सम्भावना रहेको जनाएको छ।
वासिङटन डीसी र फिलाडेल्फियालगायत धेरैवटा ठूला सहरमा भारी हिमपात हुने सम्भावना छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया