Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा माओवादी संसदीय दलको विवाद सुल्झिएन, केन्द्रीय समितिमा उठ्यो विषय

सुदूरपश्चिममा माओवादी संसदीय दलको विवाद सुल्झिएन, केन्द्रीय समितिमा उठ्यो विषय

धनगढी । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य एवम् सुदूरपश्चिमका पूर्वमन्त्री रमेशसिंह धामीले संसदीय दलको नेता फेरबदलको निर्देशन कार्यान्वयन नभएको विषय पार्टी केन्द्रीय समितिको बैठकमा उठाएका छन् । काठमाडौँमा जारी माओवादी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै धामीले सुदूरपश्चिममा दलको नेता फेर्नेबारे विगतमा भएको समझदारी र केन्द्रको निर्देशन पालना नभएको विषय उठाएका हुन् ।

‘२०८१ असार ३ गते अध्यक्षसहित, सुदूरपश्चिमको इन्चार्ज, सहइन्चार्ज, प्रदेश अध्यक्ष र हामी १० जना प्रदेशसभा सदस्य बसेर एउटा सहमति भएको थियो, त्यो कार्यान्वयन भएको छैन,’ धामीले भने, ‘पार्टीबाट दुई पटक परिपत्र भएको छ । निर्देशन भएका छन् । त्यो परिपत्र कार्यान्वयन भएको छैन । त्यो निर्णय कार्यान्वयन हुनुपर्छ ।’

पार्टीभित्रको विवाद चर्किएपछि गत वर्ष माघमा माओवादीका बहुमत सांसदले स्थायी समिति सदस्यसमेत रहेका खगराज भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई नेता चयन गरेका थिए । उक्त निर्णयपछि माओवादीभित्र चर्किएको विवाद अझै साम्य भएको छैन । 

माओवादीभित्र सुदूरपश्चिममा सबैभन्दा सिनियर नेता रहेका भट्टलाई दलको नेताबाट हटाइएपछि यो विषय पार्टी केन्द्रसम्म पुगेको थियो । माओवादीले दलको नेतामा भट्टलाई नै कायम गर्न दुई पटक परिपत्र गरे पनि कार्यान्वयन भएको छैन ।

दलको नेता परिवर्तन गर्दा धामीको पक्षमा छ र भट्टको पक्षमा चारजना थिए । अहिले दुवै पक्षमा पाँच÷पाँचजना छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा पार्टीको प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष तथा प्रदेशसभा सदस्यहरुको उपस्थितिमा गत असार ३ गते भएको बैठकमा दलको नेतामा भट्टलाई कायम गर्ने सहमति भएको थियो ।

यस्तै, केन्द्रीय समिति बैठकमा धामीले पार्टी अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई समर्थन जनाए । लोकतान्त्रिक गणतन्त्रलाई बुर्जवा गणतन्त्र नभइ समाजवादी गणतन्त्रमा रुपान्तरण गर्ने प्रस्थानविन्दुका रुपमा अध्यक्षको प्रतिवेदन आएको धामीले बताए । प्रतिवेदनलाई पूर्णरुपमा समर्थन गर्दै अध्यक्षलाई साथ दिन र प्रतिवेदनको अन्तरवस्तुलाई आत्मसाथ गरी एकतावद्ध भएर जान उनले पार्टी पंक्तिलाई आग्रह गरे ।  

प्रतिक्रिया