ताजा अपडेट
रामारोशनका बाढि पिडित २५ घरपरिवारलाई केयर र सेवकद्धारा राहत हस्तान्तरण ।।
कमल रावल, भदौ ८ अछाम
रामारोशन गाउपालिकाको सबैभन्दा विकट बाढि प्रभाबित क्षेत्र सोरना टोलमा राहत बाडिएको छ । केयर नेपालको आर्थिक सहयोग र सेवक नेपाल मार्फत गाउपालिका अध्यक्षलाई हस्तान्तरण गरि आज नै २५ परिवारलाई वितरण गरिएको छ । हेलिकप्टर मार्फत सदरमुकाम मंगलसेनबाट पठाईएको त्रिपाल २ सय २५ थान, म्याटरेस २५ थान, चामल २५ बोरा, दाल ७५ केजि, खाने तेल २५ लिटर, नुन ५० केजि, भाडा कुडाका सबै २५ थान सामाग्री गाउपालिका अध्यक्ष झँकर बहादुर साउदले प्राप्त गरेर उनिहरुलाई वितरण गर्नु भएको छ ।
गाउपालिका अध्यक्ष साउदलाई केयर नेपालका राजेन्द्र भट्ट, सेवक नेपाल सुआहारा कार्यक्रमका कार्यक्रम संयोजक सेत बहादुर भुलले हस्तान्तरण गर्नु भएको हो । बाढि पहीरो पिडीतलाई वितरण कार्यक्रममा गाउपालिका अध्यक्ष साउद सहित नेकपा जिल्ला सचिवालय सदस्य हर्क बहादुर बुढा, जिल्ला सदस्य चक्र बहादुर रोकाया, कार्यबाहक वडा अध्यक्ष शेर बहादुर बोहरो लगाएतको उपस्थिती रहेको रुपक परियारले जानकारी दिनु भयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया