ताजा अपडेट
मैले एमाले छोडेको छैन : लेखराज भट्ट
काठमाडौँ — लेखराज भट्टले आफू एमालेमै रहेको बताएका छन् । सामाजिक सञ्जालमा एमाले सचिव भट्टले पार्टी परित्याग गरेको भनेर चर्चा भएपछि भट्टले आफू एमालेमै रहेको प्रस्ट पारेका हुन् ।
मंगलबार एमालेका सचिव भट्टले पार्टी परित्याग गरेको भनी सामाजिक संजालमा सन्देश प्रवाह भएको छ । ती विषयमा आफू पनि जानकार रहेको भन्दै भट्टले आफू केन्द्रीय समिति बैठकमा पूर्ण सहभागी भएको र पार्टीमा नै रहेको बताए । 'मैले एमाले छोडेको भनेर सामाजिक संजालमा लेखेको देखेँ । म केन्द्रीय समिति बैठकबाट फर्किएपछि त्यस्तो लेखेको देखेँ,' उनले भने ।
सामाजिक संजालमा आफ्ना विषयमा भ्रमपूर्ण सन्देश लेखिएको भट्टको भनाइ छ । 'यथार्थ कुरो के हो भन्ने कुरा सम्बन्धित व्यक्तिलाई बुझेर लेख्ने गरे हुन्थ्यो, सामाजिक संजालमा भ्रम फैलाइयो,' उनले भने, 'म केन्द्रीय समितिमा सहभागी भएका भिडियो फुटेज आइरहेको देख्नुभएको होला ।'
प्रतिक्रिया