Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ पुष २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

धनगढीमा लागूऔषधसहित समातिए पाँच जना

धनगढीमा लागूऔषधसहित समातिए पाँच जना

धनगढी । कैलालीको धनगढीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । धनगढी उपमहानगरका विभिन्न तीन स्थानबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

उपमहानगरको शिवनगरबाट सोही ठाउँ बस्ने १९ वर्षीय सुरज थापालाई ५० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । धनगढी उपमहानगरपालिका–९ बङग्राकटानबाट सोही ठाउँ बस्ने २६ वर्षीय डम्बर ठगुन्ना पक्राउ परेका छन् । उनलाई एक सय ३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको हो । 

यस्तै, धनगढी उपमहानगरपालिका–९ वडा कार्यालय नजिकबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–१० बस्ने २६ वर्षीय तपेन्द्र पाली, धनगढी उपमहानगरपालिका–९ बस्ने २५ वर्षीय महेश ओड र धनगढी उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय नवल बोहरा पक्राउ परेका छन् । तीनै जनाको साथबाट १ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । 

 

प्रतिक्रिया

ट्रेन्डिङ