Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कैलालीमा लागुऔषधसहित पाँच युवक पक्राउ

कैलालीमा लागुऔषधसहित पाँच युवक पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित पाँच युवक पक्राउ परेका छन् । शनिबार बेलुकी टीकापुर नगरपालिका-२ विजयनगरबाट लागुऔषध सेवन गरिरहेको अवस्थामा टीकापुर-१ बस्ने २५ वर्षीय श्याम चौधरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई ४० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएको हो । 

यसैगरी, गोदावरी नगरपालिका-१ भगतपुरबाट सोही ठाउँ बस्ने २९ वर्षीय वीरेन्द्र चौधरीलाई २१० मिलिग्राम, धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट गोदावरी-३ बस्ने ३४ वर्षीय दीपक चदारालाई ४२० मिलिग्राम र  धनगढी-४ बसपार्कबाट दार्चुलाको व्यास गाउँपालिका-६ खातीगाउँ बस्ने २६ वर्षीय रवीन्द्र सिंह भण्डारीलाई १३० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । 

पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया