ताजा अपडेट
कैलालीमा लागुऔषधसहित पाँच युवक पक्राउ
धनगढी । कैलालीमा लागुऔषधसहित पाँच युवक पक्राउ परेका छन् । शनिबार बेलुकी टीकापुर नगरपालिका-२ विजयनगरबाट लागुऔषध सेवन गरिरहेको अवस्थामा टीकापुर-१ बस्ने २५ वर्षीय श्याम चौधरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई ४० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएको हो ।
यसैगरी, गोदावरी नगरपालिका-१ भगतपुरबाट सोही ठाउँ बस्ने २९ वर्षीय वीरेन्द्र चौधरीलाई २१० मिलिग्राम, धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट गोदावरी-३ बस्ने ३४ वर्षीय दीपक चदारालाई ४२० मिलिग्राम र धनगढी-४ बसपार्कबाट दार्चुलाको व्यास गाउँपालिका-६ खातीगाउँ बस्ने २६ वर्षीय रवीन्द्र सिंह भण्डारीलाई १३० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया