Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

एमाले सुदूरपश्चिम बैठक : भीम रावलको बहिर्गमनले पार्टीलाई धक्का, कारबाही फुकुवा हुनुपर्छ

एमाले सुदूरपश्चिम बैठक : भीम रावलको बहिर्गमनले पार्टीलाई धक्का, कारबाही फुकुवा हुनुपर्छ

नेकपा एमालेबाट निष्कासित नेता डा भीम रावलको कारबाही फुकुवा हुनुपर्ने सुदूरपश्चिमका एमाले नेताहरूले बताएका छन्। एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा रावलमाथिको कारबाहीको विषय उठान गरेका हुन्। 

शुक्रबार र शनिबार कैलालीको धनगढीमा सम्पन्न प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकमा नेताहरूले रावलमाथिको कारबाहीको विषय चर्को उठाए। 

रावलको गृहप्रदेशसमेत रहेको सुदूरपश्चिममा उनीमाथिको कारबाहीले एमालेलाई ठूलो क्षति पुग्ने भएकाले फुकुवा गरेर पार्टीमा सक्रिय गराउनुपर्ने बताए।

स्रोतका अनुसार प्रदेश कमिटी बैठकमा ११ समूह बनाएर छलफल चलाइएको थियो। छलफलपछि टोली नेताले धारणा राखेका थिए। रावलमाथिको कारबाहीपछि पार्टी कार्यकर्तामा निराशा छाएकोले उनीमाथिको कारबाही फुकुवा हुनुपर्ने टोली नेताहरूले उल्लेख गरेका थिए। 

एमाले सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव नरबहादुर विश्वकर्माले रावलमाथिको कारबाहीले राम्रो सन्देश नगएकाले प्रदेशमा पार्टीलाई धक्का लाग्ने बताए।

‘पार्टीभित्र फरक मत राख्न पाइन्छ। नेतृत्वविरुद्ध बोल्यो भन्दैमा कारबाही गर्नुहुँदैनथ्यो। उहाँ (रावल) जतिको नेतालाई पार्टीबाट निकालेपछि पार्टीलाई धक्का लाग्छ,’ उनले भने, ‘नेतृत्वविरुद्ध बोले पनि आत्मआलोचना गरेर पार्टीमा सक्रिय गराउन सक्नुपर्थ्यो।’

एमाले डोटीकी अध्यक्ष मञ्जु मलासीले मिसन ०८४ अभियानमा लागेको बेला पार्टीमा मान्छे जोड्नुपर्नेमा पार्टीबाट निस्कासित गर्दा पार्टीलाई असर पर्ने बताइन्। रावलमाथिको कारबाहीपछि मिसन ०८४ कसरी सफल हुने भन्दै उनले प्रश्नसमेत गरिन्।

‘बोल्यो भने भीम रावलको कित्ताको मान्छे भन्छन्। पार्टीमा मान्छे जोड्दै जानुपर्नेमा निकालिएको छ,’ उनले भनिन्, ‘कसरी मिसन ०८४ सफल हुन्छ? नेताहरूले सुध्रिनुपर्छ। उहाँ (रावल)माथिको कारबाही फुकुवा हुनुपर्छ।’

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भीमबहादुर देउवाले पनि रावललाई निस्कासित गर्ने निर्णयमा पुनर्विचार गर्नुपर्ने बताए। रावलमाथिको कारबाहीले सुदूरपश्चिमका ९ वटै जिल्लामा पार्टीलाई असर पर्ने वक्ताहरूको भनाइ थियो।

पार्टीलाई सुदृढ पार्न सबै लाग्नुपर्नेमा उनीहरुले जोड दिए। बैठकमा बोल्ने कतिपय प्रदेश स्तरका नेताले कार्यकर्ता पङ्क्तिबाट रावलको कारबाही फुकुवा गरेर पार्टीमा ल्याउनुपर्ने माग आएको बताएका थिए। 

यो बैठकमा एमाले केन्द्रीय सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पनि सहभागी थिए। पार्टी नेतृत्वसँग रावलको छलफल गराउन प्रयास गर्दा पनि नसकिएको उनीहरूले बताए। 

पार्टीले गरेको निर्णय कार्यान्वयन हुने उनीहरूको भनाइ छ। स्थायी कमिटी सदस्य कर्ण थापाले भने, ‘पार्टीले रावललाई कारबाही गर्दा दुःख लागेको छ। हामीले प्रयास गर्दा पनि छलफल गराउन सकेनौँ। पार्टीले गरेको निर्णय अब कार्यान्वयन हुन्छ।’

एमालेले तीन महिने वडाकेन्द्रित पार्टी सुदृढीकरण अभियान थाल्ने तयारी गरेको छ। पार्टीलाई बलियो र सुदृढ बनाउन आगामी माघदेखि तीन महिना वडाकेन्द्रित अभियान थालिने एमालेले जनाएको छ। 

प्रतिक्रिया