Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कञ्चनपुरमा भारतीय तस्कर प्रेमीसँग मिलेर श्रीमानको हत्या, थियो बीमा रकम हत्याउने योजना

कञ्चनपुरमा भारतीय तस्कर प्रेमीसँग मिलेर श्रीमानको हत्या, थियो बीमा रकम हत्याउने योजना

कैलाली । कञ्चनपुरमा एक महिलाले भारतीय युवकसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको खुलेको छ । जिल्लाको बेलौरी नगरपालिका-६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको हत्यामा उनको श्रीमती जनककुमारी मात्रै संलग्न नभएर श्रीमतीसँग सम्बन्धमा रहेका भारतीय युवक पनि जोडिएका छन् ।

गत १३ मङ्सिरमा जनककुमारीले आफ्नो भारतीय प्रेमी फारुखसँगको योजनापछि श्रीमान् सियारामको हत्या गरेको प्रहरीले ठहर गरेको छ । भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर बस्ने अन्दाजी ३० वर्षीय फारुख र सियारामकी श्रीमती केही समयदेखि सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सितारामले गरेको २८ लाखको बीमा हत्याउने र श्रीमानको मृत्युपछि सँगै बस्ने योजना बनाएर जनककुमारीले हत्या गरेकी थिइन् ।

पुस १३ गते शौचालयमा लडेर मृत्यु भएको बयान दिएकी जनककुमारीले १४ गते आफैले रिसमा आएर इट्टाले हानेर हत्या गरेको बयान दिएकी थिइन् । शवको अवस्था हत्या भएको जस्तो देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

त्यसैमाथि मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटेपछि घटना थप शङ्कास्पद बनेको थियो ।

केहीबेरको केरकार पछि श्रीमती जनककुमारीले दुवै जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला इँटा प्रहार गरी हत्या गरेको स्वीकार गरेकी थिइन् । तर, त्यो बेला उनले आफ्नो प्रेमी समेत रहेका भारतीय नागरिकका विषयमा कुनै कुरा खोलिनन् ।

सियारामले गरेको २८ लाखको बिमा, जनककुमारीको कल डिटेल र स्थानीय केहीको बयानका आधारमा घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको थियो । त्यस क्रममा भारतीय युवकसँगको सम्बन्ध र सम्पर्कपछि श्रीमानको हत्या गरेको प्रहरीले ठहर गरेको हो ।

अनुसन्धानका क्रममा भारतीय नागरिक फारुखसँग मृतककी श्रीमतीको प्रेम सम्बन्ध रहेको देखिएको बताउँदै दुवै जनाले योजना बनाएर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेशराज जोशीले जानकारी दिए ।

रानाको हत्यामा भारतीय नागरिकको संलग्नता देखिएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक नेपाल–भारतमा तस्करीको सामान ओसारपसार गर्ने काम गर्दै आएको समेत प्रहरीको भनाई छ ।

अर्कोतिर मृतक सियाराम रानाले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेकाले उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरिएको देखिएको डिएसपी जोशी बताउँछन् । भारतीय नागरिक फारुखले योजना बनाए पनि हत्या भने स्वयं श्रीमतीले नै गरेको बयान प्रहरीलाई दिइएको छ ।

सियारामकी श्रीमतीलाई जिल्ला अदालतले ८ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको छ भने हालै पक्राउ परेका भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया